मंगलबार, वैशाख ११, २०८१

'प्रभु पे' डिजिटल वालेट बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाण्डौं-  प्रभु ग्रुपले नेपालमा 'वालेट अब मोबाइलमा' भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेटको सुरुवात गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देबी प्रकाश भट्टचनले यसको प्रयोग गरि शुभारम्भ गरेका हुन्।

डिजीटल युगमा प्रभु पेले नौलो र फरक सुबिधा ल्याएको छ्र यसलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछी पैसासंग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानीलगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न, ल्ऋज्ी डिपोजिट गर्न सहज विश्वास कम्पनीले लिएको छ। 

यसबाट अनलाइन मात्र नभई युनियन पे र त्तच् ऋयमभ स्क्यान मार्फत पनि पैसा तिर्न सकिन्छ्र यसैगरी प्रभु पेले नियमित ग्राहकलाई रु १०,००,००० सम्म को दुर्घटना बिमा को सुविधा पनि दिएको छ भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा रु ३० बराबरको ब्यालेन्स दिनेछ्र प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुविधा पनि छ।

कार्यक्रममा प्रभु पेका सञ्चालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पे को प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए।प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी, सुचना प्रविधि र व्यवस्थापन सम्बन्धि विभिन्न कम्पनीहरु छन्।








 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...