बिहीबार, वैशाख १३, २०८१

अक्षय कुमारले आमिर खानको फिल्ममा अडिशन दिएका थिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई-कुनै दिन आमिर खानको फिल्ममा साइड रोल गर्नका लागि अक्षय कुमारले अडिशन दिएका थिए । मेकर्स देखाइदिएका थिए बाहिरको बाटो । 

अक्षय कुमारको ‘गोल्ड’ १५ अगस्त रिलिज हुँदैछ । आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिइसकेका अक्षय कुमारको जीवनमा यस्तो समय आएको थियो कि उनले हातमा आएका कामहरू गुमाउनु परेको थियो । 

१९९० तिर अक्षय कुमारले आमिर खानको फिल्म ‘जो जिता उही सिकंदर’मा साइड रोलको लागि अक्षय कुमारले अडिशन दिएका थिए । तर मेकर्सले उनलाई रिजेक्ट गरेर बाहिर पठाइदिएका थिए । पछि अक्षय कुमारको भूमिकाको ठाउमा दिपक तिजोरीलाई राखेका थिए । यो कुरा अक्षय कुमारले मिड—डे मा दिएको अन्तरवार्तामा भनेका थिए । खासमा मंसूर खानले अक्षय कुमारलाई उक्त भूमिकामा फिट नभएका ठानेका रहेछन् ।

१९९१ म आएको ‘सौगन्ध’देखि डेब्यू गरेका थिए । र फेरि १९९२ मा आएको फिल्म खिलाडीबाट नायकको पहिचान पाएका थिए । अजय देवगणको फिल्म फूल और काटें मा पहिला अक्षयलाई अफर गरेका थिए । तर आधा राति फोन गरेर अक्षयको ठाउमा अरू नै कलाकार लिएको कुरा बताइएको थियो । 

१९९४ पछि अक्षय कुमारको पहिचान बलिवुडमा हुन लागेपछि उनलाई छिटोछिटो फिल्म अफर आइरहेको थियो । १९९४ मा नै उनको १२ ओटा फिल्म रिलिज भएको थियो । मोहरा, मै खेलाडी तु अनाडी, सुहाग, ऐलान, ये दिल्लगी, जय किशन, जख्मी दिल, जालिम, हम है बैमिसाल, आदि फिल्म थिए । 

१९९१ देखि २००० सम्म अक्षय कुमारले करिब ४२ ओटा फिल्म गरिसकेका थिए । जसमा लगभग १२ फिल्म हिट भएका थिए । हाल पनि अक्षय कुमार सालमा ३—४ फिल्ममा काम गरिरहेका छन् । 

अब पनि अक्षय कुमारका गोल्ड, गुड न्युज, हाउसफूल ४, २.० र केसरी फिल्म आउदै छन ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्