बिहीबार, वैशाख १३, २०८१

बस र ट्रक ठोक्किएर दुर्घटना : चारको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चितवन- म‌गलबार राति चितवनमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । 

पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नम्बर बस पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा एकापसमा ठोक्किँदा भएको दूर्घटनामा परी चार जनाको मृत्यु भएको चितवनका प्रहरीइ नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 

दुर्घटनामा परी रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका–१ का ४२ वर्षीया तारा बरालको मृत्यू भएको छ । गम्भीर घाइते भएका चारै जनाको उपचारका क्रममा मृत्यू भएको ढकालले बताए । घाइतेको पुरानो मेडिकल कलेज तथा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।