बिहीबार, वैशाख १३, २०८१

घरका आँगन नै कलेजका ‘ग्राउण्ड’? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरीः विद्यालय भनेको धेरै विद्यार्थीहरू दैनिक भेला हुने थलो हो । शिक्षा लिन आउने विद्यार्थीहरूलाई पढ्ने कक्षा कोठामात्रैले पुग्दैन । अत्यावश्यक खेलमैदान पनि हुन आवश्यक छ । तर, अधिकांश उच्च माध्यमिक विद्यालय तथा कलेजहरूका पर्याप्त खेलमैदान छैनन् । पूर्वको केन्द्रीय सहर इटहरीकै प्रसङ्गमा पनि यहाँका अधिकांश निजी कलेजहरूमा पर्याप्त खेलमैदान छैनन् । 

हरेक उच्च मावि सञ्चालन गर्दा पर्याप्त खेलमैदान हुनैपर्ने नियम राखिएको छ । तर, निजी कलेजहरू अधिकांश निजी घरमा सञ्चालन हुने भएकाले खेलमैदानबिहीन छन् । इटहरीको अवस्था पनि यस्तै अवस्था छ । 

इटहरी चोक आसपासका नर्थ प्वाइन्ट उच्च मावि, इटहरी नमुना कलेज, सिबि कलेजदेखि विश्व आदर्श कलेज सम्मका निजी कलेजका आवश्यक खेलमैदान छैनन् । जबकी कलेज सञ्चालन गर्न आवश्यक नियमावलीले पर्याप्त खेलमैदान हुनैपर्ने व्यवस्था गरेको छ । 

उच्च माध्यमिक शिक्षा कार्यक्रम सञ्चालन गर्न बनेको उच्च माध्यमिक शिक्षा नियमावली २०५२ ले उच्च मावि बन्न पर्याप्त खेलमैदान अनिवार्य भनेको छ । नियमावलीको नियम ३ को उपनियम घ मा प्रस्ट भनिएको छ : ‘उच्च माध्यमिक विद्यालयको लागी अतिरिक्त क्रियाकलापको लागि आवश्यक खेलकुद मैदान, खानेपानी तथा शैचालय आदिको उपयुक्त सुविधा हुनुपर्छ ।’ 

यसरी ऐनले नै तोकेको कुरापनि इटहरीका अधिकांश निजी कलेजहरूले पालना गरेका छैनन् । इटहरीका अधिकांश कलेज खेलमैदान बिहीन अवस्थामा रहेको स्वीर्काछन् विश्व आदर्श कलेज इटहरीका प्रिन्सिपल गणेश दुलाल । इटहरीका सबै निजी कलेजमा सामान्य फुटबल र क्रिकेट गर्ने मैदान नभएको बताउँदै प्रिन्सिपल दुलाल भन्छन्, ‘’हाम्रो स्कुलमा भने मैदान छ तर कलेजमा सामान्य टिटि र भलिबल खेल्ने मात्रै मैदान छ ।’ 

आवासीय घरलाई कलेज बनाउँदा

इटहरीका निजी कलेजहरू अधिकांश व्याक्तिगत घरमा बसेकाले मैदान अभाव भएको अभिभावक र विद्यार्थीहरूको दुखेसो छ । सार्वजनिक कलेजको पढाइमा चित्त नबुझेर निजी कलेजमा भर्ना भएका विद्यार्थीहरू निजीमा गएपछि भने खेलमैदान अभावमा रुमलिने गरेका छन् । 

इटहरीको एक कलेज पढ्ने कमल शर्मा त निजी घरमा भाडामा बसेका कलेजमा खेलमैदानको हुँदै नभएको आरोप लगाउँछन्। आफ्नै भवन भएका कलेजहरूमा पनि खेलमैदान अभावले सार्वजनिक कलेज तथा विद्यालयमा नै गएर फुटबल तथा क्रिकेट जस्ता प्रतियोगिता गराउनुपर्ने अवस्था भएको कलेज संचालकहरुकै भनाई छ । 

निजी कलेजहरूमा पर्याप्त खेलमैदान नभएकाले साँघुरो स्थानमा खेल्न सकिने टिटि तथा बास्केटबलमा जोड दिदैछन कलेजहरू । इटहरीको विश्व आदर्श कलेजले पनि खेलकुदको नाममा बास्केटबल कोर्ट र टिटी बोर्ड जस्ता साँघुरा स्थानमा मात्र खेल्न मिल्ने खेलकुदमा पूर्वाधार बनेका छन् । 

कलेजको साँघुरो आँगनमा ओहोरदोहोर गर्ने विद्यार्थीलाई यस खाले पूर्वाधारले सजिलो बनाउनुको साटो असहज बनाएको छ । सामान्य खुल्ला क्षेत्रमा पनि टिटी र बास्केटबल बनाएपछि कुनै भइपरि, भूकम्प आदि आउँदा विद्यार्थीहरूलाई भेला हुन असहज हुने अवस्था आउने विद्यार्थीहरू बताउँछन । 

सार्वजनिक क्याम्पसलाई भार

इटहरीका निजी कलेजहरूमा पर्याप्त खेलमैदान नबन्दा यसको भार सार्वजनिक कलेज र विद्यालयहरूमा पर्ने गरेको छ । इटहरीमा मन्स्टेस्वरी बाहेक एक सय १० निजी विद्यालय तथा दर्जन हाराहारी निजी कलेजहरू छन् । यिनमा नेपाल डिभिएम बाहेका कसैको पनि विद्यालय हातामा पर्याप्ट खेलमैदान छैन । र उनीहरू सार्वजनिक कलेज तथा विद्यालयको मैदानमा खेल सप्ताह गर्छन्।  डिभिएमको मैदान पनि निजी हैन सार्वजनिक नै हो ।

इटहरीको एक्लो सार्वजनिक कलेज जनता कलेजको खेलमैदान व्यस्त हुने कलेजका प्रमुख भोजराज श्रेष्ठले बताए । इटहरीका विभिन्न निजी कलेजहरूका खेल सप्ताह हुँदा जनता कलेजका विद्यार्थीहरूको खेलकुद कार्यक्रमहरू स्थगित गर्नुपर्ने बाध्यता पनि रहेको प्रमुख श्रेष्ठले बताउछन । भन्छन, ‘वार्षिक ८–१० वटा कलेजहरू हाम्रो मैदानमा खेलकुद गर्न आउछन । अब त्यो बन्द हुँदैछ ।’

आँगनलाई खेलमैदान भन्न मिल्दैनः मेयर

इटहरी स्थानीय सरकार प्रमुख मेयर द्धारिकलाल चौधरी नियमावलीमा व्यवस्था भएको पर्याप्त खेलमैदान विद्यालयमा हुनुपर्ने बताउछन । शैक्षिक संस्थामा पर्याप्त पूर्वाधार भए नभएको मापदण्ड बनाएर चाँडै उपमहानगरले अनुगमन गर्ने योजना बनाएको पनि मेयर चौधरीले बताए । 

अधिकांश निजी कलेजले आँगनलाई मैदान भनेको भन्दै अब त्यस्तो हुन नदिने पनि मेयर चौधरीले बताए । विपत् जोखिम व्यवस्थापन र आवश्यक शैक्षिक वातावरणको लागी खेलमैदान अनिवार्य भएको मेयर चौधरीले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।