बिहीबार, वैशाख १३, २०८१

बर्षको उत्कृष्ट खेलाडीमा रुबिना र चाउची 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल आर्मीका रुबिना खड्का र चाउची डंगोलले आईटिएफ बर्ष उत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। नेपाल इ्रन्टरनेश्नल तेक्वान्दो (आईटिएफ) को २१ औं स्थापना दिवसका अवसरमा दुबैलाई वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिएको हो। 

दुवै सम्मानित खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटिएफ प्रतियोगिता र १५ औं सिनियर तथा ९ औं राष्ट्रिय आईटिएफ प्रतियोगितामा स्वर्ण जितेका थिए। त्यस्तै हालै नेपालमा सम्पन्न ८ राष्ट्रको सहभागिता रहेको साउथ एशियन तथा आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुबिनाले ३ स्वर्ण जितेकी थिईन भने चाउचीले २ स्वर्ण जितेका थिए।

त्यस्तै उत्कृष्ट प्रशिक्षकको उपाधि भक्तपुरका आशिष कार्कीले जिते। साउथ एशियन प्रतियोगितामा नेपाललाई टिम च्याम्पियन बनाउँदा उनले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । काभ्रे जिल्ला आईटिएफ संघले उत्कृष्ट जिल्लाको उपाधि हात पार्‍यो। 

पुरस्कृत सबैले नगद ५ हजार र सम्मान पत्र प्राप्त गरे। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिवकुमार कोईराला, नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलालगायतले उत्कृष्ट खेलाडीलाई सम्मान गरे।
 
नेपाल आईटिएफ संघमा योगदान दिने व्यक्तित्वहरुलाई समेत संघले सम्मान गरेको छ । नेपाल आईटिएफका संस्थापक अध्यक्ष राजकुमार थापा, नेपाल मार्शल आर्टस् गेम्स कमिटिका अध्यक्ष एवंम् नेपाल आईटिएफका उपाध्यक्ष कल्पदिप राई सम्मानित भएका छन्।  त्यस्तै दक्षिण एशियाली आईटिएफ महासंघ अनुशासन कमिटिको अध्यक्षमा चयन भएकोमा नेपाल आईटिएफकी महासचिव अन्जु राउतलाई पनि संघले सम्मान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।