धनगढी-कैलालीको मोहन्याल गाउँपालिका-७ चिप्लेभिरमा जीप दुर्घटना भएको छ।
चिसापानीबाट करिव तीन किलोमिटर पर चिप्लेभिरमा से १ ज ९२९ नम्बरको जीप मंगलबार बिहान कर्णाली नदीमा खसेको इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरिक्षक दिपेन्द्र केसीले जानकारी दिए ।
जीपका चालक देवीराज देवकोटा हाम फालेर जोगिएका छन्। प्रहरीका अनुसार जीपमा यात्रु नभएका कारण कुनै मानवीय क्षति भएको छैन। जीप सडकबाट करिव अढाई सय मिटर तल खसेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४