शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : प्रहरीले नै सूचना लुकाउँदा अपहरित बालकको हत्या

आजका अखबार : प्रहरीले नै सूचना लुकाउँदा अपहरित बालकको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक अखबारहरुले स्कूले बालकको अपहरणपछि हत्या भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

काठमाडौं काँडाघारीका ११ वर्षीय स्कूले बालक निशान खड्काको अपहरण भएको २४ घण्टा नबित्दै अपहरकारीले हत्या गरेका हुन् । बाललको हत्या गर्ने अपहरणकारी गोपाल तामाङ र अजय तामाङलाई भने प्रहरीले इन्काउन्टरमा मारेको छ । 

यसैविषयलाई मुख्य समाचार बनाउदै आजको अन्नपूर्ण पोस्ट्ले 'स्कूले बालकको अपहरणपछि हत्या' शीर्षकमा खबर लेखेको छ भने नागरिक दैनिकले 'अपहरणपछि बालकको हत्या' शीर्षकमा खबर छापेको छ ।

दुबै पत्रिकाले अपहरणकारी इन्काउन्टरमा मारिएको विषय पनि उल्लेख गरेका छन् । बालकको अपहरण गरि हत्या गर्ने व्यक्तिहरु बालककै आमाले काँडाघारीमा सञ्चालन गर्दै आएको चियापसलको नियमित ग्रहक भएको पनि पत्रपत्रिकाले प्रहरीलाई उदृत गर्दै जनाएका छन् । 

कान्तिपुर दैनिकले 'राजधानीमै बालकको अपहरण र हत्याः किन बचाउन सकेन प्रहरीले ?' शीर्षकमा मुख्य समाचार लेखेको छ । बालक बस्ने डेराबाट उनको हत्या भएको स्थान केहि किलोमिटर मात्रै टाढा भएपनि प्रहरीले उनलाई जिवितै उद्धार गर्न नसक्नुको पछाडी प्रहरीबीच नै समन्व्य हुन नसक्नु र सुचना लुकाउन खोज्नु मुख्य कारण भएको कान्तिपुरले उल्लेख गरेको छ ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा दुबै सुचना लुकाउने र सकेसम्म आफै अपहरणकारी पत्ता लगाउँ भन्ने प्रतिस्पर्धाले अनुसन्धान कमजोर भएको कान्तिपुरले जनाएको छ ।  

आजको नयाँ पत्रिकाले भने अपहरणकारी मात्रै होइन, प्रमाण मारियो शीर्षकमा प्रमुख खबर छापेको छ । उसले अपहरणकारी मार्ने प्रहरीको प्रशंसा गरिए पनि बालक किन बचाउन सकिएन भन्ने मूल प्रश्न ओझेलमा परेको समाचारमा जनाएको छ । प्रायोजित इन्काउन्टरले अपराधको उद्देश्य छोपिएको पनि जनाएको छ । नयाँ पत्रिकाले प्रहरीमा नयाँ हाकिम आउनासाथ कम्तिमा एक इन्काउन्टर निश्चित शीर्षकमा अर्को खबर पनि लेखेको छ ।
 
बालकको अपहरणपछि हत्या भएको विषय बाहेक आजका पत्रपत्रिकाले अरु विषयलाई सामान्य महत्व दिएका छन् । आजको अन्नपूर्णले सम्पति शुद्धिकरण अनुसन्धान विभागले विदेशीको शंकास्पद सम्पत्तिमाथि छानविन सुरु गरेको विषयलाई एङ्कर न्युज बनाएको छ । 

नयाँ पत्रिकाले वर्षमा २३ खर्बका बस्तु उपभोग हुने गरेको र जसमध्ये साढे १२ खर्ब विदेशी आयातीत बस्तु हुने गरेको खबर लेखेको छ । जथाभावि संरचनाले जाजरकोटको खलंगा असुरक्षित भएको खबरसंगै कान्तिपुर दैनिकले मुलुकि ऐन संसोधन भएसंगै अब बहुविबाह र बाल विवाह गरे रद्द हुने खबर पनि पहिलो पृष्ठमा छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।