बुधबार, वैशाख १२, २०८१

सिप्रदीको अभियान: सुमो किने ड्राइभिङ तालिम सित्तैमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ले ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यवसायिक अभियान शुरु गरेको छ।
 
अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित रहेको कम्पनीको जनाएको छ। अभियान अन्तर्गत, प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निशुल्क ड्राइभिङ तालिम, मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ। 

कम्पनीकाअनुसार  अभियानले स्वदेशमै  रोजगारी सृजना गरी, युवाको वैदेशिक रोजगारीको लागि विदेशीनु पर्ने बाध्यतालाई कम गर्ने विश्वास छ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले समाजका लागि यसप्रकारको रोजगारीमूलक अभियानको शुरुवात गरेको बताए। ‘अभियानप्रति हामीलाई गर्व महसुस भएको छ,’ उनले भने, ‘अभियानमार्फत नेपाली युवालाई टाटा सुमो अपनाएर आफ्नो रोजगारी आफै सृजना हाम्रो आह्वान छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्