बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पँगेनीको शोकमा कांग्रेसका केन्द्रीय र जिल्ला कार्यालय बन्द 

पँगेनीको शोकमा कांग्रेसका केन्द्रीय र जिल्ला कार्यालय बन्द 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– नेपाली कांग्रेस स्याङ्जाका सभपाति तथा पूर्व सभासद् कमलप्रसाद पँगेनीको निधनमा पार्टीको केन्द्रीय कार्यालयदेखि सबै जिल्ला कार्यालयहरु बन्द हुने भएका छन्। 

उनको निधनमा शोक मनाउन पार्टीका सबै कर्यालयमा सोमबार आधा झण्डा झुकाउने र कांग्रेस जिल्ला कार्य समितिको कार्यालय तीन दिन बन्द गरी तीन दिन नै पार्टीको आधा झण्डा झुकाउने निर्णय भएको कांग्रेसले जनाएको छ। पार्टी केन्द्रीय कार्यालय र स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका पनि राखिने भएको छ।

स्वर्गीय पंगेनीको अन्त्येष्ठी आईतबार नै गरिने कार्यक्रम रहेको छ। पंगेनीको अन्त्येष्ठीका लागि सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वउपसभपाति गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल लगायतका नेताहरु स्याङ्जा जाने कार्यक्रम रहेको छ। 

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्याङ्जा जिल्लामा सक्रिय नेतृत्व प्रदान गरेका पंगेनीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले १३ औँ दिनका दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जली सभाको आयोजना गर्ने पार्टीका सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

पंगेनीको आइतबार बिहान साडे पाँच बजे स्याङ्जामा हृदयघातबाट निधन भएको थियो। बालकृष्ण उपाध्याय पंगेनी र मोहनीकुमारी पंगेनीको कोखबाट जन्मिएका स्वर्गीय पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन्। 

स्वर्गीय पंगेनी २०६२ मा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको तर्फबाट स्याङ्जा जिल्लाको सभापति र २०६४ मा पार्टी एकीकरण पश्चात उहाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको सहसभापति, पार्टीको १२ औँ महाधिवेशन २०६७ र १३ औँ महाधिवेशन २०७२ देखि हालसम्म निरन्तर स्याङ्जा जिल्लाको सभापति भएका थिए। १९ जेठ २०१९मा स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मिएका पंगेनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य पनि थिए। 

पंगेनी २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यको उम्मेदवार, २०७० को संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित र २०७४ मा स्याङ्जाको संघीय क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र न. १ बाट नेपाली कांग्रेसको उम्मेदवार भएका थिए। 

सभपाति शेरबहादुर देउवाले पंगेनीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पंगेनीको असामयिक निधनबाट पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।