भक्तपुर- शनिबार राति परेको अविरल वर्षाका कारण भक्तपुरका केही क्षेत्र फेरि डुबानमा परेका छन् । हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र पुनः डुबानमा परेको हो ।
बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीका केही क्षेत्र डुबानमा परेका हुन् । बाढी बस्तिमा पस्ने डरले स्थानीयवासी त्रसित भएका छन् । कतिपयको घरको तल्लो तला सबै डुबेको छ भने केही मानिस घर छाडेर अयन्त्र सरेका छन् ।
वर्षा रोकिए पनि खोलामा पानीको बहाव नघटेकाले नागरिकलाई सुरक्षित र उच्च सतर्कतासाथ बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । खोलामा पानीको बहाव बढ्न थालेपछि रातिदेखि उच्च सुरक्षा सतर्कता अपनाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । डुबानग्रस्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४