शनिबार, वैशाख ८, २०८१

'साउथ इन्डियन फिल्म'मा कब्जा जमाउने १० नायिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई-चर्चित 'साउथ इन्डियन फिल्म'मा अभिनय गर्ने अधिकांश नायिकाहरु साउथ इन्डिया भन्दा बाहिरका छन् । यसरी साउथ इन्डियन फिल्ममा कब्जा जमाउने नायिकाहरु आफ्नो करियर बनाउन अन्य स्थानबाट आएर आफ्नो क्षमता देखाएर अघि बढेको छन् । 

त्यस्ता १० हिरोइनहरू साउथमा जम्न कहाँबाट आएका छन् त । दोस्रो प्रदेशका हुनुको बाबजूद पनि यी दश हिरोइनहरू साउथ फिल्मबाट फड्को मार्दै बलिवुडसम्म भव्य स्थान बनाउन सफल भएका छन् । को–को हुन त साउथलाई कर्मथलो बनाउदै बलिवुडमा जम्न सफल हिरोइन ।

तापसी पन्नु : १ अगस्त १९८७ मा नयाँ दिल्लीमा जन्मिएकी तापसीले मोडलिङ्ग गर्दै बालिवुडमा २०१३ मा आएको फिल्म 'चश्मे बद्दर'बाट झुल्केकी थिइन् । तापसी हिन्दी फिल्म बेबी, नाम शबाना, जस्ता फिल्म खेलिसकेकी छिन् । उनी हालै रिलिज हुने फिल्म मुल्कमा र अभिषेक बच्चनसँग 'मनमर्जिया'सँग समेत देखिदै छन् । 

अमिताभ बच्चनको पिंकमा काम गरिसकेकी तापसी पन्नू ३१ सालकी भइन् । खासमा उनी तेलुगु फिल्म 'झुम्मांडी नादम' खेलेर आफ्नो करियर शुरुवात गरेकी थिइन् । आजपनि तापसीको नाम साउथको पपुलर कलाकारमा दर्ज छ । तर उनी उत्तर भारत नयाँ दिल्लीकी हुन् । 

नमिता सूरत : साउथ फिल्मकी हिरोइन नमिताको जन्म १० मइ १९८१ मा सूरत गुजरातमा भएको थियो । १९९८ मा मिस सुरत पनि भएकी थिइन् उनी । नमिताले २००२ मा तेलुगु फिल्म 'सोंथम'बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले चाणक्य, कोवई ब्रदर्श, बिल्ला, इन्द्र जैसी जस्तो फिल्ममा काम गरेकी थिइन्। 

२००६ मा नमिताले बलिवुड फिल्म 'लबको चक्कर'मा देखिएकी थिइन् । २६ अक्टुबर २०१० मा उनलाई उनकै फ्यानले तमिलनाडुको त्रिचीमा किड्न्याप गर्ने कोशिस पनि गरेका थिए । नमिताले २४ नोबेम्वर २०१७ मा निर्देशक विरेन्द्र चौधरीसँग विवाह गरेकी थिइन् । सुरतकी नमिता गुजराती हुन् । 

हंसिका मोटवानी : १० वर्षको उमेरमा 'शाकालाका बुम-बुम'बाट सानो पर्दाबाट इन्ट्री गरेकी कलाकार हंसिका मोटवानीको जन्म ९ अगस्त १९९१ मुम्बइमा भएको थियो । २००७ मा हंसिका गायकसंगीतबाट हिरो भएका हिमेश रेशमियाको फिल्म 'आपका शुरुर'मा एडल्ट रोलमा देखिएकी थिइन् । 

फिल्मको लिड कलाकर हंसिका त्यसबेला १६ वर्षकी थिइन् । उनको डेब्यु फिल्म फल्प भएको थियो । साउथमा 'यनकोकरियर' सफल रहेको छ । उनले पुली लगायत कन्नड, तमिल र तेलगु भाषा सहितको करिब २६ फिल्ममा काम गरेकी छिन् । खासमा मुम्बई महाराष्ट्रबाट तेल्गु फिल्ममा संघर्ष गर्न गएकी थिइन् ।

इलियाना डिक्रुज : १ नोबेम्बर १९८७ मा इलियानाको जन्म पुना गोवाको एक क्याथलिक परिवारमा भएको थियो । इलियानाको मातृभाषा कोंकणी हो । शुरुवाती दिनमा इलियानाले विज्ञापनमा काम गर्थिन् । उनको डेब्यु फिल्म २००६ मा देवदासु हो । 

त्यसपछि केडी, पोकिरी, खतरनाक जस्ता तामिल तथा तेल्गु फिल्ममा अभिनय गरिन् । पछि २०१२ मा अनुराग बासुको फिल्म बर्फी बाँलीवुड डेब्यू गरेकी थिइन् । त्यसपछि यिनको लगातर बलिवुडमा फटा पोस्टर निकला हिरो, मै तेरा हिरो, ह्याप्पी एंडिङ, रुस्तम जस्ता हिट फिल्ममा काम गरेकी थिइन । पुना महाराष्ट्रकी यि इलियानाले तेलुगु फिल्मबाट उदाएकी थिइन । 

काजल अग्रवाल : काजल १९ जुन १९८५ मा मुम्बईको महाराष्ट्रमा जन्मिएकी हुन । पन्जावी परिवारकी काजलले साउथबाट आफ्नो करियर सुरु गरेकी हुन् ।
काजल अग्रवालले बलिवुड फिल्ममा पनि काम गरिसकेकी छिन् । खासमा उनी साउथकी हिट हिरोइन हुन् । साउथको मगाधिरा जस्तो हिट फिल्मको नाम लिदा उनको नाम आउछ । मोदी भिलायदु, विजनेशमेन, नान महान अल्ला जस्ता फिल्म खेलेकी छिन् । 

अजय देवगणसँग फिल्म सिंगममा काजल अग्रवाल देखिएकी छिन् । साउथमा उनले आइटम डान्स पनि गर्छिन् । काजलले बालिवुड फिल्ममा २००४ मा 'क्यों हो गया ना' बाट डेब्यु गरेकी थिइन । मुंबाई महाराष्ट्रकी काजल साउथबाट संघर्ष गरेकी थिइन् ।

तमन्ना भाटिया : २१ दिसम्बर १९८९ मा मुम्बईमा जन्मेकी तमन्ना साउथ फिल्मकी हिट हिरोइन हुन् । साउथ फिल्ममा जानु अघि १५ वर्षको उमेरमा बलिवुड फिल्म 'चाँद सा रोशन चेहरा'मा अभिनय गरेकी थिइन् । २००५ मा तमन्नाले तेलुगु फिल्म 'केडी'बाट डेब्यु गरिन् । उनले तामिलमा सबै हिट फिल्म दिएकी छिन् । उनको साउथ फिल्ममा धेरै पारिश्रम लिने हिरोइनमा पर्छिन् ।

बाहुबालीको दुबै सिरिजमा उनी देखिएकी छिन् । देवी, राचा, रिवेल, बेन्गाइ, बेन्गाल टाइगर, जस्ता कयौ हिट फिल्म दिएकी छिन् । हिन्दीमा हिम्मतवाला, इन्टरटेनमेन्ट जस्ता फिल्म रहेका छन् । मुम्बई महाराष्ट्र जन्मेकी तमन्ना पन्जावी मूलकी हुन् 

चार्मी कौर : चार्मीको जन्म १७ मई १९८७ मा मुम्बईमा भएको हो । पन्जावी सिख परिवारकी उनको पढाई मुम्बईको वसइमा भएको थियो । चार्मी तेलगु फिल्ममा धेरै ठूलो नाम हो । उनका प्रेम ओका मैकम, ज्योति लक्ष्मी, मन्त्र जैसी जस्ता हिट फिल्म रहेका छन् । 

तामिल फिल्म मास, चकरम, गौरी जस्ता फिल्म पनि दिएकी छिन् । उनले आर राजकुमारको आइटम गीत 'गन्दी वाद'मा आइटम डान्स गरेकी छिन् । पछिल्लो समय उनको फिल्म 'बुड्ढा होगा तेरा बापमा' देखिएकी थिइन् । मुम्बई महाराष्ट्रमा पढेलेखीकी चार्मी पनि पन्जावी मूलकी हुन् । 

नेहा शर्मा : बिहारको भागलपुरमा जन्मेकी २९ वर्षिय नेहा शर्मा दिल्लीको एनआइआइएफटी कलेजमा फैशन डिजायइन पढेकी हुन् । नेहाले स्कुलिङ्ग भागलपुरबाट भएको थियो । केही समय फेशन डिजायनरको रूपमा काम गर्दै जाने क्रममा तेलुगु फिल्ममा ब्रेक मिलेको थियो । नेहाले तेलुगु फिल्म चिरुथा बाट डेब्यु गरेकी थिइन् ।

त्यो फिल्म २००७ रिलिज भएको थियो  तेरीमेरी कहानी, यमला पगला दिवाना जस्ता हिन्दी फिल्म पनि गरेकी छिन् । त्यसपछि उनले कु्रकमा पनि काम गर्ने मौका पाइन् । छिट्टै उनको हेराफेरी सिरिज तेस्रो आउदै छ । भागलपुर बिहारबाट संघर्ष गरेकी उनी अहिले चर्चित बलिवुड हिरोइनको रूपमा देखिएकी छिन ।

भूमिका चावला : भूमिका चावलाको जन्म २१ अगस्त १९७८ मा नयाँ दिल्लीमा पन्जावी परिवारमा जन्म भएको थियो । दिल्लीबाट स्कुलिङ्ग पुरा गरेर १९९७ मा करियर बनाउन मुम्बई पुगेकी थिइन । फेयर एन्ड लवली, डावरलाल तेल, जस्तामा विज्ञापन खेल्दै म्युजिक भिडियोमा पनि देखिएकी थिइन् । 

त्यसपछि उनले तेलुगु फिल्म सन २००० मा 'युवाकुड्डु'मा काम गरेकी थिइन् । फिल्म खुशी'बाट वेस्ट एक्ट्रस फिल्मफेयर एवार्ड मिलेको थियो । साउथमा सिमाहद्री, मिड्डल कलास अब्बइ जस्ता ९ ओटा फिल्म गरेपछि वलिवुडमा कदम राखेकी थिइन् । २००३ मा उनले तेरे नाम फिल्ममा समेत काम गरिन् । नयाँ दिल्ली स्थायी घर भएकी भूमिका पन्जाबी मूलकी हुन् । 

जेनेलिया डिसूजा : ५ अगस्त १९८७ को मुम्बईमा जन्मिएकी जेनेलियाको साउथमा फिल्म व्याण्ड गर्न पनि खोजिएको थियो । उनको २००९ मा श्रीलंका आर्मी लिबरेशन टाइगर्स आँफ तमिलको लडाइमा कयौ तमिल नागरिक मरेका थिए । 

यिनी भारतीय स्टार रितेश देशमुखकी श्रीमती पनि हुन् । उनले साउथ र तेलुगु फिल्म खेलेकी छिन् । सत्यम, राम, तुजे मेरी कसम, व्वाइज सन्तोष सुव्रमनियम जस्ता फिल्म खेलेकी छिन् । यी हिरोइन पनि मुम्बई महाराष्ट्रकी हुन् ।
प्रस्तूतिः राज सरगम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्