शुक्रबार, वैशाख ७, २०८१

देउवाले बुढानीलकण्ठमा बोलाए आकस्मिक बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत भएपछि आवश्यक रणनीति बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन्। 

आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको सहभागिता छ। बैठकमा जोशीको अस्वीकृतिपछि  पार्टीको धारणा र रणनीति तयार गरिने देउवा निकटस्थ स्रोतले जनाएको छ। 

संसदीय सुनुवाइ विशेष समितिमा शुक्रबार जोशीका बारेमा गरिएको निर्णयप्रति असहमति जनाउँदै कांग्रेस निर्णय प्रक्रियामा सहभागी भएको थिएन। प्रधानन्यायाधीश प्रकरणलाई कांग्रेसले राजनीतिक मुद्दाका रूपमा अगाडि सार्ने सम्भावना छ। 

कांग्रेस सभापति देउवाले प्रधानन्यायाधीश प्रकरणलाई सरकारले दुई तिहाइको दम्भ देखाएर अदालतमाथि हस्तक्षेप गरी न्यायालयलाई कमजोर बनाउने खेल शुरु गरेको बताइसकेका छन्। कांग्रेस अदालतमाथि हस्तक्षेपविरुद्ध रहने उनको प्रतिक्रिया छ। 

उक्त प्रकरणले प्रधानमन्त्री केपी ओलीको नैतिकतामाथि नै प्रश्न उठाएको उनले बताइसकेका छन्। प्रधानमन्त्री आफैं प्रमुख रहेको संवैधानिक परिषद्ले सिफारिस गरेका जोशीको नाम अस्वीकृत हुनु ओलीको नैतिकतासँग जोडिएको प्रश्न भएको उनले बताएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।