काठमाडौं- सामाखुसीमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ।
इनारको सफाइ गर्न इनारभित्र छिरेका काठमाडौं महानगरपालिका वडा न २६ कपुरधारा निवासी घरधनी ७० वर्षका मेघवर्ण गौतम, इनार सफा गर्न गएका मजदुर कैलाली टीकापुरका २३ वर्षका रेशम चौधरी र भारत हजियापुरका ३५ वर्षका अशोक कुमारको मृत्यु भएको हो ।
इनारमा फसेका उनीहरुको उद्धारका लागि स्थानीयले प्रहरीलार्इ खबर गरेपछि स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको थियो । उद्धार गरी ग्रीनसीटी अस्पताल पुर्याइएका उनीहरुको बाटैमा मृत्यु भएको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए ।
इनारमा अक्सिजनको कमीका कारण निसासिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४