शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का सांसद र मुख्यमन्त्रीको तलब : महिनाको ४३ लाख!

प्रदेश १ का सांसद र मुख्यमन्त्रीको तलब : महिनाको ४३ लाख!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरीः प्रदेश १ का मुख्यमन्त्रीदेखि सांसदसम्मको तलबमा मात्रै मासिक ४३ लाख खर्च हुने गरेको देखिएको छ । प्रदेश सभा सचिवालय, मन्त्री तथा मुख्यमन्त्रीका सेवा सुविधा सम्बन्धी पारित ऐनमा गरेको व्यवस्था अनुसार प्रत्येक महिला ४३ लाख खर्च हुने देखिएको हो । इन्धन, मोबिल, सञ्चार, निजी सचिवालय, सवारी र अन्य भत्ताहरू बाहेक नै महिनाको खर्च यति देखिएको हो । 

९३ जना प्रदेशसभा सदस्यहरू भएको प्रदेश १ मा पाँच जनाको मन्त्रिमण्डल छ । जसमा मुख्यमन्त्रीको तलब  ६० हजार नौ सय ६० रुपैयाँ तोकिएको छ । यस्तै अन्य चार मन्त्रीको तलब ५२ हजारका दरले दुई लाख आठ हजार हुन्छ । यस्तैगरी, प्रदेशका सभामुखको तलब ५३ हजार छ भने उपसभामुखको तलब ५० हजार छ । 

प्रमुख प्रतिपक्षी दलका नेताको तलब ५० हजार छ भने सत्तापक्षको र पक्षिपक्षका प्रमुख सचेतकको तलब ४९ हजारका दरले ९८ हजार हुन्छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकहरूको तलब ४७ हजारका दरले ९४ हजार हुन आउँछ । मुख्यमन्त्रीदेखि सचेतकहरू भएर बाँकी रहेका ८१ जना प्रदेश सांसदहरूको मासिक ४५ हजारको दरले ३६ लाख ४५ हजार खर्च हुन्छ । 

यसरी हाल भएको पाँच सदस्य मन्त्री मण्डलका सदस्यदेखि प्रदेश सांसदहरूको अन्य सेवा सुविधाहरू बाहेकको तबलको खर्च मात्रै ४२ लाख ५८ हजार नौ सय ६० हुन्छ । 

एउटा प्रदेश सभा बैठक बस्दा ६६ हजार खर्च

मुख्यमन्त्रीदेखि सांसदसम्मको मासिक तलबमा मात्रै ४३ लाख हाराहारी खर्च हुने प्रदेश १ को प्रदेशसभाको एक बैठकको भत्ता खर्च पनि ६६ हजार खर्च हुने देखिएको छ।  सांसददेखि मन्त्री सम्मले बैठक भत्ता बापत प्रति बैठक ७ सय ५० रुपैयाँ पाउँछन् । प्रदेश १ मा ५ जनाको मन्त्री मण्डल भएकोले सभामुखदेखि सांसदहरू ८८ जना छन् । सबै उपस्थित बैठकमा ६६ हजार खर्च हुने देखिन्छ । 

सांसदलाई स्वदेश घुम्दा २ हजार विदेश घुम्दा १८ हजार

प्रदेश ऐनले सांसददेखि मुख्यमन्त्रीसम्मलाई मासिक तलबदेखि भत्ताको व्यवस्था गरेको छ । यात्रा गर्दा भ्रमण भत्ता मात्रै हैन १० लाखको बिमाको समेत व्यवस्था गरिएको छ । 

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरू तथा मन्त्री तथा मुख्यमन्त्रीको सेवासुबिधाका बारेमा बनेका बिद्येयकहरुका अनुसार एक सांसदले स्वदेश घुम्दा दैनिक दुई हजार राज्य कोषबाट पाँउछन । यस्तै विदेश घुम्दा भने एक सय ७५ अमेरिकी डलर पाँउछन । जुन सटहि दर हेरेर १७ हजार ५ सयदेखि १८ हजार आसपास हुन्छ । सांसद जस्तै उपसभामुख, विपक्षी दलको नेता र सचेतकहरू सबैले सोही दरको भत्ता पाउँछन् ।  

सभामुखले भने स्वदेश भ्रमणको दैनिक दुई हजार पाँच सय पाउँछन् भने विदेश भ्रमणको भने दुई सय अमेरिकी डलर पाउँछन् । जुन नेपाली सटही अनुसार २० हजार हाराहारी हुन्छ । सभामुख जस्तै प्रदेशका मन्त्रीहरूले पनि स्वदेश भ्रमणमा दैनिक २५ सय र विदेश भ्रमणमा दुई सय अमेरिकी डलर भत्ता पाउँछन् । 

मुख्यमन्त्रीले भने स्वदेश भ्रमणमा दैनिक तीन हजार र विदेश भ्रमणमा दैनिक र्दु सय २५ अमेरिकी डलर भत्ता पाउँछन् । जुन २२ हजार ५ सय हाराहारी हुन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।