शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  •  प्रहरीको पिटी सुजले गृहमन्‍त्रालयदेखि पूर्वप्रधानमन्‍त्रीसम्‍मलाई टेन्‍सन !

 प्रहरीको पिटी सुजले गृहमन्‍त्रालयदेखि पूर्वप्रधानमन्‍त्रीसम्‍मलाई टेन्‍सन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-प्रहरीले प्रयोग गर्ने पिटी सुज यतिबेला गृहमन्त्रालयदेखि पूर्वप्रधानमन्त्री सम्मका लागि टाउको दुखाईको विषय बनेको छ । 

प्रहरीले लगाउने उक्त जुक्ता कम गुणस्तरको बनेर आएपछि प्रहरी प्रधान कार्यालयले त्यसलाई फिर्ता पठाउँदाको प्रभाव गृहमन्त्रालय तथा पूर्वप्रधानमन्त्रीसम्मलाई पुगेको छ । 

प्रहरीले टेन्डर आह्वान गरी बनाएको ४३ हजार जोडी जुत्ता कम गुणस्तरको भएपछि प्रधान कार्यालयले अस्वीकृत गरेको प्रहरी उच्च अधिकारीले जनाएका छन् । 

अस्विकृत जुत्ता लिईदिन केही पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेता र गृहमन्त्रालयका केही उच्च अधिकारीले पनि दबाब खेपिरहेको प्रहरी स्रोत जनाएकोछ । 

बोलकबोल मार्फत निर्यातकर्ता मित्रध्वज लामाले प्रहरीले प्रयोग गर्ने ४३ हजार जोडी जुत्ता मापडण्ड नै नपुर्‍याई प्रहरी प्रधान कार्यालय पठाएको थियो ।

लामाले प्रहरीको लागी तयार पारेको सो जुत्ताको गुणस्तर मापन गर्ने एससिएस कम्पनीले जुत्ताको मापदण्ड पूरा नभएको जनाएकोछ । 

कमसल तथा प्रयोगगर्दा चिप्लीने प्रकृतिको जुत्ता निर्यातकर्ताले लाएको र जुत्तामा हुनुपर्ने दुई ग्रीपको ठाउँमा तीन भएको र यो प्रयोग गर्न अफ्ठेरो हुने तथा चिप्लिने प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ । 

प्रहरी प्रमुख सर्वेन्द्र खनालले मापदण्ड नपुगेको जुत्ता कुनै हालतमा स्वीकार नगर्ने बताए पछि लामाले प्रभावशाली नेताको प्रयोग गरी प्रहरीलाई दबाब दिलाएका थिए ।
 
प्रहरी प्रधान कार्यलय श्रोतका अनुसार लामाको टेन्डर रद्ध गरी उनि बिरुद्ध  कालो बजारी अन्र्तगत मुद्धा चलाउने तयारी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।