काठमाडौं- नेप्से परिसूचक २.५६ अंक घटेको छ। बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बजारमा आएका अधिकांश समूह रातो भएपछि परिसूचक घटेको हो । परिसूचक २.५६ अंक घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ।
१६२ कम्पीहरुको २ हजार ९९२ शेयर ६ लाख ७२ हजार ३६८ पटक खरिद बिक्रीबाट २० करोड ७९ लाख २१ हजार ४७० रुपैयाँको कारोबार भएको छ। ‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.४१ प्रतिशत घटेर २५२.१५ अंकमा पुगेको छ।
बैंकिङ र उत्पादनमुलक समूहबाहेक आठ समूहको परिसूचक घटेको छ। जसमा सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्सको परिसूचक ५७.३७ अंक घटेको छ। त्यसपछि लाईफ इन्सोरेन्सको २६.०६ र माइक्रोफाइनेन्स १०.७२ अंक घटेको छ।
यी कम्पनीका लगानीकर्ताले बेहोरे घाटा सबैभन्दा बढी सीटी एक्स्प्रेसस फाइनान्स कम्पनीलको लागनीकर्ताले ९.६८ प्रतिशत घाटा बोहोरेको छ।
गुर्खाज फाइनान्सका लागनीकर्ताले ३.६७, मिथिला लघुविक्त वित्तिय संस्थाका लगानीकर्ताले ३.१४, ग्रिन डेम्लप्मेन्ट बैंकले ३, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले २.९९ प्रतिशत घाटा बेहोरेका छन्।
त्यस्तै सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले २.८, राधी विद्युत कम्पनीले २.६, एनएलजी इन्स्योरेन्स कम्पनीले २.५४, समता माइक्रोफाइनान्स विक्तिय संस्थाले २.४७ र नेसनल हाइड्रो पावर कम्पनीका लागनीकर्ताले २.४ प्रतिशत घाटा बेहोरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४