काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले लागुपदार्थ र मदिराको सेवन नै बलात्कार र हत्याजस्ता जघन्य अपराधको कारण भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्ता जघन्य अपराधका घटनालार्इ न्यूनीकरण गर्न सरकारले लागुपदार्थ र मदिराको सेवन तथा ओसारपसार नियन्त्रणका लागि कठोर कदम चाल्ने बताएका छन्।
कञ्चनपुरको भिमदत्त नगरपालिका-२ की सरस्वती माविमा अध्ययनरत १३ बर्षीया निर्मला पन्तको बलात्कार पासविक हत्या भएको घटनाप्रति समग्र मुलुकको ध्यानाकर्षण भएकोले सघन अनुसन्धान भइरहेको गृहमन्त्री थापाले बताएका छन्।
उनले भने, 'साउन १० गते प्रहरीले सोही रातिदेखि खोजतलास गर्दा साउन ११ गते १८ वार्डको उखुबारीमा शब भेटियो। मोहनियाल २२ को जीवन घर्तीमगर र दीपक मेघीलाई नियणमा लिइएको छ।'
यसै बिषयलाई लिएर ११ गते बिहान भिमदत्त नगरपालिकामा ४ सय जनाको भिँडले ढुंगा प्रहार गर्दा २ प्रहरी र १ सर्वसाधारण घाइते भएको समेत सदनलार्इ जानकारी गराएका थिए। घटनामा संलग्न भएकालाई कानुनी दायरमा लिएको र बाँकीको खोजी भइरहेको उनले बताए।
दोषीलाई कानुको कठघरामा ल्याने सहमति भइ १४ गते शवको दाहासंस्कार भएको र मृतकका परिवारलाई सुरक्षा दिने सहमति भएको गृहमन्त्री थापाले सदनलार्इ जानकारी गराएका हुन्। उनले भने, '११ गते नै मुद्धा दर्ता गरी अध्ययन भइरहेको छ। केन्द्रीय अनुसन्धन व्यरोले १३ गतेदेखि थप अध्ययन र अनुसन्धान गरिरहेको छ।'
मन्त्री थापाले सांसद निरु पालको सम्बन्धमा सरकारको गम्भिर ध्यानाकर्षण भएको जानकारी गराए। उनले भने, 'यो राजनीतिक प्रकृतिको घटना हो। सो घटनापश्चात सरकारले सबै सुनुवाइ समितिका सदस्यलार्इ सुरक्षा व्यवस्थासमेत गरिसकेको सदनलार्इ जानकारी गराएका हुन्।
गृहमन्त्री थापाले अहिले देश विकास र समृद्धिको बाटोमा अघि बढीरहेको बेला देशमा राजनीतिक अस्थिरता चाहनेहरुले यो घटना घटाएको दाबी गरेका छन्। उनले भने, 'भोलि त समितिको बैठकमा गइस भने तेरो बाउ ओलीले पनि रोक्न सक्ने छैन भनेको छ। यथास्थितिवादीहरुले राजनीतिक अपराधिक घटना चाहनेहरुले यस्तो गरेका हुन्। देशलाई विखण्डन गर्नेहरुलाई सरकारले धेरै हदसम्म निस्तेज गर्न सफल भएको छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४