बुधबार, वैशाख १२, २०८१

राष्ट्रिससभाका सबै समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-राष्ट्रियसभाले सदन मातहत रहेका चार वटा समिति गठन गरेको छ। सदन मातहत रहने गरी गठन भएको समितिमा १३ देखि १६ जनासम्म सदस्य राखिएको छ। सबै समितिमा दलीय प्रतिनिधित्व गराईएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले समितिमा रहने सदस्यको नाम प्रस्ताव गरेपछि सदनले सर्वसम्मतले स्वीकृत गरेको हो। सम्वन्धित दलको सिफारिसका सदस्यहरुलाई समितिमा राखिएको छ। 

कुन समितिमा को को परे 

राष्ट्रिय सभाका २ सदस्य रामबहादुर थापा बादल र डा. युवराज खतिवडा मन्त्रिपरिषद सदस्यस्य भएकोले समितिमा राखिएको छैन। दुबै मन्त्रीहरु सभाका पदेन सदस्य हुन्छन्। 

१४ सदस्यीय दिगो विकास तथा सुशासन समिति 

दिगो विकास तथा सुशासन समितिमा इन्दु कडरिया, कमलाकुमारी ओली, कबिता बोगटी, कालिबहादुर मल्ल, खिककुमारी बिक, चक्रप्रसाद स्नेही, दिनानाथ शर्मा, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, मुक्ताकुमारी यादब, रमेशजंग रायामाझी, डा.विमला राई पौडेल र सरिता प्रसाईं सदस्य छन् । 

विधायन व्यवस्थापन समिति १४ जना

यो समितिमा अनिता देवकोटा, उदया शर्मा पौडेल, जितेन्द्रनारायण देव, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईं, परशुराम मेघी गुरुङ, बद्रीप्रसाद पाण्डे, मीना वुढा, युटोला तामाङ, रामलखन चमार, बृषेशचन्द्र लाल, शेरबहादुर कुँवर, सिंगबहादुर विश्वकर्मा, हरिचरण शिवाकोटी सदस्य छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति १३ जना

यो समितिमा रहेका १३ सदस्यमा अगामप्रसाद बान्तवा राई, चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, नरपति लुवार,  नैनकला ओझा, बलरामप्रसाद बास्कोटा, राधेश्याम अधिकारी, रामनारायण बिडारी, बिन्दादेवी आले, बिना पोखरले, शान्तिकुमारी अधिकारी जिसी, सुमनराज प्याकुरेल, हरिराम चौधरी छन् । 

राष्ट्रिय सरोकार तथा समन्वय समिति १४ जना

यो समितिमा कोमल वली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन वुढा, तारादेवी भट्ट, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), धनकुमारी खतिवडा, प्रकाश पन्थ, रमेशप्रसाद यादव, राजकुमार कुवर, रामचन्द्र राई, रामपृत पासवान र सुरेन्द्रराज पाण्डे सदस्य छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।