धनगढी- पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका ८ गोप्कामा गाडिको ठक्करबाट १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
नेपालगन्ज देखी धनगढी जादै गरेको से १ ज ६३५ नंम्बरको ९भ्यान ०विङ्गर ले ठक्कर दिदा अन्दाजी ५५ वर्षिय साइकल यात्रीको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
साइकल यात्रीले बाटो काट्ने क्रममा भ्यानको ठक्करबाट मृत्यु भएको र भ्यान बिजुलीको पोलमा ठोक्किदा भ्यानमा सवार ७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको र मृतको अहिलेसम्म परिचय नखुलेको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४