मंगलबार, वैशाख ११, २०८१

परीक्षा सकिएको ८१ औ दिनमा कक्षा १२ को नतिजा प्रकाशित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । ग्रेडिङप्रणालीबाट प्रकाशित नतिजा परीक्षा सम्पन्न भएको ८१ औ दिनमा सार्वजनिक गर्न सफल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

यो पटक कक्षा १२ का सबै समूहको परीक्षाफल एकै पटक सार्वजनिक गर्न बोर्ड सफल भएको छ । परीक्षामा नियमित तर्फ सहभागी दुई लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । 

नियमित परीक्षामा सहभागी भएका मध्ये एक हजार एक सय ६९ विद्यार्थीले ३.६ देखि ४.० जिपिएस ल्याएका छन् भने ११ हजार दुई सय २१ विद्यार्थीले ३.२ देखि ३.६ सम्मको नतिजा पाएका छन् । 

त्यस्तै २७ हजार ६ सय ४३ विद्यार्थीले २.८ देखि ३.२ सम्मको जिपिएस प्राप्त गरेका छन् । २.४ देखि २.८ सम्मको विपिएस ल्याउने विद्यार्थीको संख्या ५८ हजार तीन सय ४५ रहेको छ । परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ९० हजार दुई सय ९९ परीक्षार्थीले २.० देखि २.४ सम्मको जिपिएस प्राप्त गरेका छन् । 

१.६ देखि २.० सम्म जिपिएस पाउने परीक्षार्थीको संख्या ६६ हजार चार सय ३८ छ । २२ हजार सात सय ३४ परीक्षार्थीले १.२ देखि १.६ सम्मको जिपिएस प्राप्त गरेकोका छन् । चार हजार चार सय ८७ परीक्षार्थीले ०.८ देखि १.२ सम्मको जिपिएस प्राप्त गरेका छन् ।

स्तै ० देखि ०.८ सम्म जिपिएस पाउने परीक्षार्थीको संख्या एक सय ९९ रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले नेपाल समयलाई जानकारी दिए ।  परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका विद्यार्थीको संख्या १७ हजार ४० रहेको अर्यालले बताए । 

त्यस्तै आंशिक परीक्षा लेख्ने एक लाख १७ हजार चार सय १४ मध्ये ४१ हजार तीन सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अंककै आधारमा प्रकाशन गरिएको हो । यो नतिजा ३५ दशमलव २ प्रतिशत रहेको बोर्डले जनाएको छ । 

ग्रेड थपको परीक्षा भदौ १६ मा

एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने प्रावधान बोर्डले राखेको छ । ग्रेड वृद्धिको परीक्षा आगामी भदौ १६ गते हुनेछ । 
नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिने पनि बोर्डले जनाएको छ । 

बोर्डका सदस्य सचिव अर्यालका अनुसार ग्रेड वृद्धिका लागि परीक्षार्थीहरुले आगामी भदौ १० गतेसम्ममा फारम भर्नुपर्ने छ । थप दस्तुर तिरेपछि भदौ १२ गतेसम्म फारम भर्न पाउने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । 

परीक्षा फारम भदौ १३ गते बुझाइसक्नुपर्ने र १६ गते परीक्षा हुने अर्यालले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।