काठमाडौं- पहिलो ऐतिहासिक एक दिवसीय क्रिकेटमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ९ रन जोडेको थियो।
१ सय ९० रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ३४ रन मात्र बनाउन सक्यो। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ जोडे । उनले ६१ बल खेल्दै आठ चौकाको मद्दतमा ५१ रन जोडेका थिए।
नेपालको ५ रन पुग्दा पहिलो विकेट गुमाउन पुगेको थियो। पहिलो विकेटको रुपमा नेपालले अनिल साहलाई गुमाएको थियो । अनिले ३२ बल खेल्दै तीन चौकाको मद्दतमा २१ रन जोड्दै पेविलियन फर्केका थिए।
त्यसपछि मैदानमा आएका कप्तान पारस खड्का २१ बल खेल्दै एक चौका प्रहार गरेर आउट भए। उनले १२ रन लिए। दिपेन्द्र सिंह ऐरीले धरमराएको नेपालको ब्याटिङ समालेका थिए। उनले नेपालका लागि ३३ रन जोडे। ४८ बल खेलेका ऐरीले दुई चौका र एक छक्का प्रहार गरेका थिए । अन्ये ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेन।
बलिङतर्फ नेपालका लागि कप्तान पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै सन्दिप लामिछाने, करन केसी र बसन्त रेग्मीले समान एक–एक विकेट लिएका थिए। खड्काले १० ओभरमा मात्र २६ रन खर्चेर चार विकेट लिएका थिए भने सोमपालले ८.४ ओभर गर्दै ३४ रन खर्चेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४