शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विषय प्रवेश नगर्दै संसदीय सुनुवाइ समितिको बैठक स्थगित 

विषय प्रवेश नगर्दै संसदीय सुनुवाइ समितिको बैठक स्थगित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिको बुधबारको बैठक विषयवस्तु प्रवेश नगर्दै शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। 

प्रस्तावित प्रधानन्यायाधीस दिपकराज जोशीको विषयमा छलफल गर्न बुधबार लामो समयको अनौपचारिक छलफलपछि शुरु भएको बैठक शुक्रबार बिहान दश बजेसम्मका लागि स्थगित गरिएको हो। 

बैठकमा कांग्रेसले अधुरो प्रमाणका आधारमा अस्वीकृत गर्न नहुने अडान लिएपछि स्थगित गरिएको जनाएको छ।  समितिका सदस्य योगेश भट्टरार्इले विपक्षी दलका सदस्यहरुलार्इ आज निर्णय गरेमा समिति छोड्छु भनेपछि शुक्रकारसम्मका लागि पर्खिएको जानकारी दिएका छन्। 

बैठकमा सदस्य निरपालले आफूलार्इ मंगलबार राति हतियारसहित आएका दुर्इजनाले अस्वीकृतको निर्णय गरे ज्यान मार्ने धम्की दिएको जानकारी गराइन्। त्यसैगरी बैठकमा अध्यक्ष लक्ष्मण लाल कर्णले सदस्यलार्इ सुरक्षा थ्रेट भएको भन्दै सरकारलार्इ पिएसो उपलब्ध गराउन निर्देशन दिएको बताए। 

त्यसैगरी कांग्रेस सासंद भिमसेनदास प्रधानले सुरक्षा थ्रेटको नाममा अनावश्यक सुविधा आफूहरुले नलिने जानकारी दिए। 

सुनुवाइ सकिएको छ दिन बितिसक्दा पनि निर्णय हुन नसक्दा थप जटिलता थपिएकोले आजै निर्णय गर्ने गरी समितिका सदस्यहरु सभाहल प्रवेश गरेका थिए। तर, कांग्रेसले सत्यतथ्य प्रमाणविना अस्वीकृत गर्दा गलत नजिर बस्ने बताएको थियो। 

संसदीय सुनुवाइ विशेष समितिको अनौपचारिक छलफल चलिरहेका बेला सत्ता पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरमका सांसदहरू राज्य व्यवस्था समितिको पुरानो हलमा अलग्गै हलमा गएर छलफल गरेपछि बैठक शुरु गरिएको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार छलफल गर्न र आजै अस्वीकृतको निर्णय गर्ने सत्तापक्षको निर्णय विफल भएको छ। 

नेकपाबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरुलार्इ सुरक्षा व्यवस्था गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।