बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपाका संसदीय सुनुवाइ समितिका सदस्यलार्इ 'विशेष सुरक्षा'

नेकपाका संसदीय सुनुवाइ समितिका सदस्यलार्इ 'विशेष सुरक्षा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूलार्इ सरकारले सुरक्षा व्यवस्था गरेको छ। 

संसदीय सनुवाइ समितिका सदस्य निरु पालले आफूलार्इ मंगलबार घरमै आएर पेस्तोल बोकेका मानिसले धम्क्याएको बताएपछि सुरक्षा थ्रेट बढेको बताउँदै सरकारले सुरक्षा व्यवस्था गरेको स्रोतले जनाएको छ। 

मंगलबार राति बानेश्वरस्थित आफ्नै निवासमा बसिरहेको बेला दुई जना हतियारधारीले धम्क्याएको नेकपाकी सांसद पालले बताएकी हुन्। 

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ चलिरहेकाले समितिका सदस्यलार्इ सुरक्षा थ्रेट भएको बताउँदै सरकारले बुधबार पीएसओ उपलब्ध गराएको हो। 

तर, कांग्रेसका सांसद तथा समितिका सदस्यहरूले भने कुनै सुरक्षा थ्रेट नभएकाले आवश्यकता नभएको भन्दै पीएसओ लिएका छैनन्। पीएसअो लिनेहरूमा योगेश भट्टरार्इ, निरुदेवी पाल, पार्वत गुरुङ, शिवकुमार मण्डल केबट, सुरेन्द्र पाण्डे र राजपाका सासंद लक्ष्मण लाल कर्ण छन्। नेकपाकै अमृता थापा मगर र पूर्णाकुमारी सुवेदीले भने नलिने निर्णय गरेका छन्। 

खटाइएका सबै पिएसोहरु प्रहरी सहायक निरिक्षक पदका रहेको सुरक्षा सेवा  निर्देशनालयले जनाएको छ। 

प्रहरीले भने संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट नभएको दाबी गरेको छ। महानगरीय प्रहरी परिसर रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशीले सनुवाइ समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट नभएको बताएका छन्।

समितिमा नेकपाको तर्फबाट अमृता थापा, निरुदेवी पाल, योगेश भट्टराई, पूर्णकुमारी सुवेदी, पार्वत गुरुङ, शिवकुमार मण्डल केबट र सुरेन्द्र पाण्डे छन् । 

यस्तै, नेपाली कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सदस्य छन् । राजपाका तर्फबाट लक्ष्मणलाल कर्ण तथा संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।