मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सभामुख र उपसभामुख पदका लागि कांग्रेसले गुहार्‍यो उच्च अदालत

सभामुख र उपसभामुख पदका लागि कांग्रेसले गुहार्‍यो उच्च अदालत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बुटवल- लामो समयदेखि सभामुख र उपसभामुख दुवै पद आफैंले राखेको भनेर सरकारविरुद्ध विरोध गर्दै आइरहेको नेपाली कांग्रेस अन्तत: अदालत पुगेकव छ। 

प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेकि हुन्।

रिनाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बुधबार रिट दायर गरेकी हुन्। पटक-पटक संसदमा कुरा उठाएपनि सत्तापक्षले सुनाई नगरेपछि रिट दायर गरेको सांसद रिनाले बताइन्।

रिटमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, उपसभामुख कृष्णी थारु र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ ।

नेपालको संविधानको धारा, १८२ को उपधारा (२) को (१) मा प्रदेश सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ।

नेपालको संविधानको धारा, ९१ को उपधारा (२) को (१)मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ। 

सरकार गठन हुनुअघि छ वटै प्रदेशमा फरक-फरक दल (तत्कालिन एमाले र माओवादी) बाट सभामुख र उपसभामुख चयन भएका थिए। तर, सरकार गठन भएपछि पार्टी एकै भएकोले सभामुख र उपसभामुख अब फरक दलबाट हुनुपर्ने माग राख्दै आएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।