बिहीबार, वैशाख १३, २०८१

तेल बोक्ने ट्यांकरमा हार्डवेयरका सामान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- भारतबाट तेल लिएर धनगढीतर्फ आएको एक ट्यांकर भन्सार छलेर ल्याएको हार्डवेयर सामानसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
ना ७ ख २८०२ र ना ४ ख ९९१३ नम्बरको टयांकरलाई मंगलबार दिउँसो सशस्त्र प्रहरी बल आउट फोर्स करिब एक लाख मुल्य बराबरका बेरिङ, रड, मोटरसाइकलका टयुब, एंगल, रेञ्च र बोल्टलगायत हार्डवेयर सामानसहित ट्यांकर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रमुख प्रहरी निरिक्षक हर्क साउदले जानकारी दिए ।

उनले भन्सारबाट प्रज्ञापन पत्र लिएर धनगढी डिपोतर्फ जाँदै गरेको उक्त ट्यांकरलाई शंका लागेर चेकजाच गर्दा हार्डवेयरका समानहरु फेला परेको बताए ।

साउदका अनुसार चालकले मुल्यवान सामान दुई वटा झोलामा हालेर क्याविनमा राखेको अवस्थामा फेला परेको उनले जानकारी दिए । सामान र ट्यांकर चालक झकुले बम र शंकर चन्दलाई भन्सार कार्यालय कैलालीमा बुझाएको छ । 

ट्याक्टर भने प्रजोलनशिल पदार्थ भएकाले छोडिएको छ । बम र चन्दलाई जिल्ला प्रहरीको जिम्मा लगाईएको छ । यस्तै सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याउदै गरेका करिब एकलाख मुल्य बराबरका लुगा कपडा नियन्त्रणमा लिएर मंगलबार नै भन्सार कार्यालयलाई बुझाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।