शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : प्रमाणपत्रको चक्रब्यूहमा जोशी, अस्विकृत गर्ने तयारी

आजका अखबार : प्रमाणपत्रको चक्रब्यूहमा जोशी, अस्विकृत गर्ने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्विकृत गर्ने तयारी भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

संसदीय सुनवाइ समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसदहरुले 'माथिल्लो आदेश' बमोजिम प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अस्विकृत गर्ने तयारी गरेका छन् । समितिको आज बस्ने बैठकमा सकेसम्म कांग्रेसका सदस्यहरुको समेत सहमतीमा सर्वसहमत रुपमा अस्विकार गर्ने नभएमा दुईतिहाइ मतको प्रयोग गरेर भएपनि जोशीको नाम अस्विकृत गर्ने तयारी भएको आजका पत्रपत्रिकाले लेखेका छन् ।  

'प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाण' शीर्षकमा मुख्य समाचार छापेको नयाँ पत्रिकाले परस्पर विरोधी शैक्षिक प्रमाणपत्रको चक्रब्यूहमा प्रस्तावित प्रधानन्यायाधीश फसेको उल्लेख गरेको छ ।

कान्तिपुर दैनिकले 'प्रमाणपत्रका तथ्यै फरक-फरक' शीर्षकमा खबर लेखेको छ । जोशीले समितिमा बुझाएको प्रमाणपत्रको विवरण परिक्षा नियन्त्रण कार्यालय र विजय मेमोरियल स्कूलसंग मेल नखाएको, जोशीले आफ्नो भनि दाबी गरेको सिम्बोल नम्बर ३६६७ मा अर्कै परिक्षार्थी हिमबहादुर लेकालीको नाम रहेको पनि कान्तिपुरले खुलासा गरेको छ ।

आजको नागरिक दैनिकले भने 'संसदीय सुनुवाइ निर्णायक मोडमा : जोशीविरुद्ध थप प्रमाण' शीर्षकमा एङ्कर न्युज बनाएर छापेको छ । अन्नपूर्ण पोस्ट्ले भने यो विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छैन् ।  

'बिमस्टेकमा मोदी आउने' शीर्षकमा मुख्य समाचार छापेको अन्नपूर्णले भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा मोदीसहित सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सहभागी हुने जनाएको छ ।

यस्तै उसले नेपालको अध्यागमनको सुरक्षा अवस्था कमजोर भएको खबर पनि लेखेको छ । प्रभावकारी सफ्टवेयर नहुँदा मानव तस्करलाई सहज भएको अन्नपूर्णले उल्लेख गरेको छ । 

नागरिक दैनिकले आर्थिक वर्षको अन्त्यमा अन्धाधुन्द खर्च भएको रकममा ठूलो भ्रष्टाचार भएको खुलासा गरेको छ । असार अन्तिम साता दैनिक अर्बौ रुपैया भुक्तानी हुनु र कर्मचारी लाखौं घुससहित पक्राउ पर्नु संयोग मात्रै नभएको उसले लेखेको छ । नागरिक दैनिकले खुम्चिदो नागरिक अधिकारप्रति अमेरिका चिन्तित बनेको पनि खबर छापेको छ । 

कान्तिपुरले नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्लवमा प्रवेश गरेको र नयाँ पत्रिकाले १७ वर्ष भित्र ठूला जहाज १७ पुर्याउने तयारी वायुसेवा निगमको रहेको विषयलाई पहिलो पृष्ठमा महत्वका साथ छापेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।