शुक्रबार, वैशाख ७, २०८१

'न्यायालयमाथि कम्युनिस्ट सरकारको स्टालिन आक्रमण'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले न्यायालयमाथि 'स्टालिन शैली' मा आक्रमण गरिरहेको आरोप लगाएका छन्। 

कांग्रेसको आव्हानमा मंगलबार देशभर भएको विरोध प्रदर्शन र सभाको क्रममा तनहुँको दमौलीमा नेता पौडेलले भने, ‘स्टालिनका पालामा रुसमा सरकार, प्रशासन, अदालत सवै कम्युनिस्ट पार्टीको पोलिट्ब्यूरोले चलाए जस्तै हालको सरकारले न्यायलयमाथि आक्रमण गरिरहेको छ।’

उनले रुसमा स्टालिनले सत्ता चलाउँदाको जस्तै अभ्यास नेपालमा हुन थालेको बताए। ‘सबै शक्ति प्रधानमन्त्रीले आफूमा केन्द्रित गर्दैछन्। अदालतदेखि सवै निर्णय पहिला कम्युनिस्ट पार्टीको पोलिट्ब्यूरोमा हुन थालेको छ।’

पौडेलले कम्युनिस्टहरुले नेपालीलाई ढाँटेर ल्याएको दुई तिहाइ अहिले नेपाली जनताका विरुद्ध प्रयोग गरिरहेको बताए। ‘प्रस्तावित प्रधानन्यायाधीश प्रमाणपत्रको किचलो निकालेका छन्। लोकसेवाको जाँच दिँदा, हालसम्म न्यायाधीश हुँदा उनको प्रमाणपत्र किन हेरिएन?’ पौडेलले भने ‘प्रधानन्यायाधीशको सुनुवाइ अस्वीकृत गर्ने हो भने संवैधानिक परिषदमाथि कारवाही हुनुपर्छ।’

उनले अयोग्यलाई सिफारिस गर्ने संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई कारवाही गर्न माग गरे। ‘परिषदका सदस्य सभामुखलाई कारबाही हुनुपर्छ। किन अयोग्य मान्छेलाई मुलुकको प्रधानन्यायधीमा सिफारिस गरियो?’, पौडेलले प्रश्न गरे ‘संवैधानिक परिषदले दिपकराज जोशीलाई प्रधानन्यायाधीशमा के हेरेर सिफरिस गर्‍यो?’

उनले सुनुवाइ अस्वीकृत हुने हो भने संवैधानिक परिषदमा पदाधिकारीहरुलाई निष्कास गर्न माग गरे। वर्तमान सरकारले मुलुकलाई दुर्गतीतर्फ धकेल्दै गरेको भन्दै पौडेलले राष्ट्रको उन्नतीका बाधकहरुलाई सचेत गराउनका लागि प्रतिकात्मक र्‍यालीको आयोजना मात्र गरेको बताए।

‘यो प्रतिकात्मक हो। भोली पनि अधिनायकवादीले दुस्साहास गर्दछन भने यो सुरुवात पनि हो। भोली कुनै पनि दुस्साहासीको खैरत रहँदैन’, पौडेलले भने ‘नेपाली जनतालाई ढाँटेर झुक्याएर कम्युनिस्टहरुले दुईतिहाई पुर्‍याएका छन्।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको सुनुवाइको निर्णय संसदीय सुनुवाइ समितिले निर्णय नगरेर कम्युनिष्ट पार्टीको पोलिट्ब्यूरोमा छलफल भएर निर्णय गर्नु नै अधिनायकवादको ठूलो उदाहरण भएको बताए। कम्युनिष्टहरुको हातमा दुई तिहाई दुरुपयोग भएर बाँदरका हातमा नरिवल भइरहेको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।