एजेन्सी-पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एटलेटिको मड्रिडविरुद्ध जित हात पारेको छ । सोमबार राति अमेरिकाको दि नेसनल स्टेडियममा भएको खेलमा पिएसजीले मड्रिड विरुद्ध ३-२ को संर्घषपुर्ण जित निकालेको हो । खेलको इन्जुरी समयमा भिग्लियु पोस्टोलचीले गोल गर्दै पिएसजीलाई जित दिलाएका थिए ।
थोमस टुचेलले पिएसजीलाई आफ्नो पहिलो जित दिलाएका छन् । उनले लिग १ पक्ष मड्रिडसँग रोमाञ्चकारी तरिकाले जित हात पारे । जसमा पोस्टोलचीको ठुलो हात रहेको छ ।
पिएसजीका लागि क्रिस्टोफर कुन्कु र मोउसा डेबीले समान एक एक गोल गरे । कुन्कुले खेलको ३२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ७१ मिनेटमा डेबीले गोल गर्दै अग्रता दोब्बर बनाए ।
तर, खेलको ७५ औं मिनिेटमा मड्रिडका भिक्टोर मोलेजोले गोलगर्दै खेल २-१ को स्थितीमा पुग्यो । ८६ औं मिनेटमा मड्रिडकै एन्टोनी बर्नान्डेले गोल गर्दै खेल २-२ के स्थितीमा पुर्याए । तर, इन्जुरी समयको दुई मिनेट बाँकी रहदै पोस्टोलचीले गोल गर्दै पिएसजीलाई संर्घषपुर्ण जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४