शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री देउवालाई भेटेर गगनसहितका नेताहरूले के भने?

‘सरकार सञ्चालनका विषयमा मात्र होइन, महाधिवेशनका सम्बन्धमा पनि म सबैसँग सल्लाह गरेर अघि बढ्ने हो’, प्रधानमन्त्री निवास बालुवाटार पुगेका कांग्रेस नेताहरूसँग कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘अहिले सरकार खोप व्यवस्थापन र वितरणमा केन्द्रित हुने हो। यसमा सबैको सहयोग चाहिन्छ।’
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका युवा नेताहरूसँग शुक्रबार साँझ भएको भेटवार्ताका क्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सबैबाट सहयोगको अपेक्षा राखेको बताएका छन्।

triton college

‘सरकार सञ्चालनका विषयमा मात्र होइन, महाधिवेशनका सम्बन्धमा पनि म सबैसँग सल्लाह गरेर अघि बढ्ने हो’, प्रधानमन्त्री निवास बालुवाटार पुगेका कांग्रेस नेताहरूसँग देउवाले भने, ‘अहिले सरकार खोप व्यवस्थापन र वितरणमा केन्द्रित हुने हो। यसमा सबैको सहयोग चाहिन्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहितका नेताहरूले देउवालाई प्रधानमन्त्री पदमा आसिन भएको उपलक्ष्यमा शुभकामना दिँदै, कतिपय गम्भिर समसामयीक विषयमा ध्यानाकर्षण गराएका थिए। नेता थापाले प्रधानमन्त्रीसँग भएको हिजोको भेटमा विद्यार्थीहरूको परीक्षाका विषयमा कुरा राखेको ट्वीट नै गरेर जानकारी दिएको बताएका छन्। उनले लेखेका छन्, 'प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सफिारसिका सन्दर्भमा स्थगति मात्र होइन बद्यिार्थीलाई अलमलमा नपार्नेगरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं। प्रमज्यूले वद्यार्थीको भविश्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।'

भेटमा नेताहरूले कोरोना महामारीका बेला यसको रोकथाम, उपचार, खोप दिने विषयमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएको बताइएको छ। कांग्रेसको नेतृत्वमा रहेको अहिलेको सरकारले अघिल्लो सरकारले जस्तो कुनै पनि विवादित काम नगर्न नेताहरूको सुझाव छ।

भेटवार्तामा पार्टीको १४औं महाधिवेशन गर्न कोरोना महामारीले चुनौती थपिएको भन्दै युवा नेताहरूले सभापति देउवासँग क्रियाशील सदस्यता वितरणको विवाद समाधान गर्न पनि  सुझाव दिएका छन्। उनीहरूले महाधिवेशन तोकिएको समयमा गर्न आग्रह गरेका छन्।

corrent noodles
Metro Mart

जवाफमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले भदौमा पार्टीको महाधिवेशन नगर्दा उत्पन्न हुने परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने तथा दलभित्र पनि सबैसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘म सबै साथीहरूसँग सल्लाह गरेरमात्रै निणर्य लिन्छु। केन्द्रीय समितिको बैठक पनि बोलाएको छु। त्योभन्दा अगाडि नै निर्वाचन आयोगसँग पनि तुरुन्तै छलफल गर्छु’, सभापति देउवाको भनाइ उधृत गर्दै एक नेताले भने, ‘यसमा तपाईंहरूले चिन्ता नगर्नुहोला।’

प्रधानमन्त्री देउवालाई भेट्न युवा नेता गगन थापा, सरिता प्रसाई, धनराज गुरुङ, जीवन परियार, कमला पन्त, रामकृष्ण यादव, बद्री पाण्डे, गुरुराज घिमिरे र चन्द्र भण्डारी बालुवाटार गएका थिए।

प्रकाशित: Aug 07, 2021| 11:59 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...