शनिबार, वैशाख ८, २०८१

पुनर्निमित चूनिखेल स्वास्थ्यचौकी उद्घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गत साउन ६ गते चूनिखेल स्वास्थ्यचौकीको पुननिर्मित भवनको ग्लोवल सेपर्स काठमाडौँ हव तथा डाइरेक्ट रिलिफ (यूएस वेस्ड ह्युमनीटरीयन एड)  संस्थाद्धारा संयुक्त रुपमा उद्घाटन सम्पन्न भएको छ। 

ग्लोवल सेपर्स काठमाडौँ हव तथा अमेरिकास्थित डाइरेक्ट रिलिफको सहयोगमा भवनको पुननिर्माण गरिएको हो। स्वास्थ्यचौकी स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सासंद् गगन थापा, योङ्ग ग्लोवल लिडर अस्मी राणाले नव निर्र्र्माण भवनको संयुक्त उद्घाटन गरिएको थियो । उनीहरुले उद्घाटनको क्रममा उक्त कार्यप्रति प्रशंसा जनाएका  थिए।

आयोजकका अनुसार ग्लोवल सेपर्सले बुढानिलकण्ठमा मोडेल गभर्नमेन्ट स्कुलको भवन पनि पुननिर्माण गर्न सहयोग गरेको थियो। जहाँ पाँच सय विद्यार्थीहरु अध्ययन गर्दछन्।
 
सेपर्स विश्वका ४०५ शहरहरुमा फैलिएको छ। सेपर्स काठमाण्डौं हव सक्षम तथा महत्वपूर्ण व्यक्तित्वहरुद्धारा निस्वार्थ रुपमा योगदान दिई सञ्चालित संस्था भएको  बताइएको छ। ग्लोबल सेपर्स कम्युनिटीको स्थापना वल्र्ड इकोनोमिक फोरुमको सहकार्यमा भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्