शनिबार, वैशाख ८, २०८१

प्रदेश राजधानीमा छाडा चौपायाको रजार्इं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- २५ अषाढमा प्रदेश २ को राजधानी जनकपुरस्थित मुजेलियामा सवारी दुर्घटनामा धनुषाको विदेह नगरपालिका-३ बस्ने १९ वर्षीय जयनाथ साहको ज्यान गयो। ट्रकका सहचालक जयनाथ चढेको मिनी ट्रक सडक छेउमै उभेको गाईको बाछोलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका जयनाथको उपचारको क्रममा मृत्यु हुन पुग्यो।

जयनाथको दुर्घटना भन्दा केहिदिन पूर्व मोटरसाइकल चढेर कार्यालयतर्फ जाँदै गरेका स्थानीय रतनकुमार कर्ण पनि छाडाचौपायका कारण दुर्घटनामा परे। जनकपुर–८ स्थित रामानन्द चोक सडकमा डुलिरहेको एक गाईले कर्णको मोटरसाइकलमा अचानक ठक्कर दियो। उनी मोटरसाइकल बाट लडे। कर्णको कुट्टामा चोट लाग्यो । र, उनी अझै फिजियोथेरापी गराउन चिकित्सक नजिक धाइरहेका छन्।

जनकपुरस्थित राराब क्याम्पसमा कार्यरत एक प्राध्यापक मोटरसाइकल चढेर कक्षा लिन जाँदै गर्दा एक सुँगुर पांग्रा अगाडी आउँदा उनी दुर्घटनामा परे । र, उनको पाइतालामा डाक्टरले टाँका नै लगाउनु पर्‍यो।

जनकपुरको शहरी क्षेत्रमा छाडाचौपायाको यी घटनाहरु प्रतिनिधि उदाहरण मात्र हुन्। प्रमुख सरोकारबला निकाय जनकपुर उपमहानगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्नतर्फ ध्यान नदिँदा यस्ता सवारी दुर्घटनाहरु प्रायः हरेक दिन हुने गरेका छन्।
 
बाहिरबाट जनकपुर घुम्न आउने पर्यटकहरु समेत मुख्यबजार र जानकी मन्दिर वरपर सडकमा घुमिरहने छाडाचौपाया देखेपछि नाक खुम्चाउने गरेको दृष्य सहजै देख्न सकिन्छ।
 
सडकमा छ्याछापी रहने छाडाचौपायका कारण सवारी साधन सञ्चालनका साथै पैदल हिँडडुल गर्न समेत समस्या परि रहेको बेला सरोकारबला निकायले चासो नदेखाएको स्थानीय सुशील कर्ण बताउँछन्। छाडाचौपाया र सुँगुरको आतंक मच्चिएको छ कर्ण भन्छन्,‘छाडाचौपाया नियन्त्रण गर्न जनप्रतिनिधिहरुको प्रतिवद्धता नारामै सिमित भएको छ। कसैले चासो देखाए जस्तो लागेको छैन्।’छाडाचौपायाकै कारण सर्वसाधारण अनाहकमा कष्ट भोग्न वाध्य छन् भने जनकपुरको साख समेत खस्किदैँ गइरहेको उनको भनाइ छ।

छाडाचौपायाको समस्या व्यवस्थापन गर्न जनकपुर उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटकपटक निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन्। 
केहिदिन पूर्व प्रहरी खटाएर छाडा गाईवस्तु नियन्त्रण गर्न अभियना चलाएपनि अहिले खासै पहल भएको नदेखिएको गौ-संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले बताए।

छाडा गाईवस्तु नियन्त्रणमा लिई धनीलाई जरिवाना गर्ने प्रावधान रहेपनि उपमहानगरपालिकाले काञ्जी हाउसलाई व्यवस्थित गर्न नसकेको उनले बताए। काञ्जी हाउसमै गाईको ज्यान जानु उपमहानगरपालिकाको चरम लापारबाही रहेको महासेठको भनाइ छ । केहिदिन अगाडी काञ्जी हाउस भित्रै एक गाईको मरेको घटना सार्वजनिक भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।