शनिबार, वैशाख ८, २०८१

अब सेयर बजार बढ्छ, यस्तो छ कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्राविधिक तथा विभिन्न आधारभूत कारणले बजार बढ्ने भएको छ।

सेयर विश्लेषक धनकुमार राईले नेप्सेमा सम्पूर्ण प्राविधिक, आधारभूतलगायत कारणले बजार बढ्ने बताए। उनका अनुसार अहिले सेयर बजार आफ्नै शैलीमा अगाडि बढेको छ। ‘डाउड थ्योरी’ अनुसार सेयर बजार अहिले ‘प्रिलन्च इन्साइडर फेज’को अवस्थामा छ। ‘इलेट वेभ थ्योरी’अनुसार बजारको ट्रेन्ड परिवर्तन उन्मुख छ। 

‘यी मुख्य कारणहरूले गर्दा बजार बढ्ने देखिएको हो,’ रार्इले भने, ‘अर्को दैनिक टेक्निकल्ली ‘बुलिस डाइभरजेन्स’ देखाइसकेको छ। साथै, मासिक चार्टअनुसार बुलिस बटरफ्लाई पनि तीन महिनाअघि आएको हो।’ ती कारणहरूले पनि थप बजार बढ्ने देखिएको उनको भनाइ छ।




पछिल्लो  समय आर्थिक परिसूचकमा समेत सुधार देखिएको छ। विभिन्न सूचीकृत कम्पनीहरूले पनि त्रैमासिक रिपोर्ट हेर्दा नाफा कमाइरहेको देखिन्छ। यी विभिन्न कारण सेयर बजार बढ्ने विश्लेषक राईको दाबी छ। सेयर खेलाडीको चलखेलले बजार प्रभावित सेयरका खेलाडीहरूले आम लगानीकर्ताको मनोबल कमजोर बनाएर, अझै घटाएर सेयर बिक्री गर्न बाध्य पारिरहेका छन्। 

‘सस्तोमा सेयर किन्ने चलाख खेलाडीहरूको चलखेललाई लगानीकर्ताले असफल पारेका छन्। तथापि, उनीहरूको चलखेल कायमै रहने बताउँदै आम लगानीकर्ताले सचेत भएर बुझ्नुपर्ने नेप्से विश्लेषकहरूको भनाइ छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्