एजेन्सी- नेपाल र नेदरल्याण्ड्स बीचको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा नेपाललाई तीब्र गतीका बलर सोमपाल कामीले तेस्रो सफलता दिलाएका छन् ।
उनले खेलको नवौं ओभरमा वेस्ले बारिसीलाई बोल्ड गरेको थिए । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले दोस्रो ओभरमा बसन्त रेग्मीको बलिङ मार्फत पहिलो सफलता लिएको थियो ।
त्यस्तै दोस्रो सफलता करण केसीले दिलाएका थिए । रेग्मीले नेदरल्याण्ड्सका ओपनर ब्याट्सम्यान टिपी भिसीलाई आउट गर्दा केसीले म्याक्स ओडोवडलाई आउट गरेका थिए ।
अहिले मैदानमा पानी परेका कारण खेल केहीबेर ढिला भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४