नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको ट्वान्टी ट्वान्टी श्रृखंलामा नेपालले तेस्रो सफलता हात पारेको छ ।
पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पहिलो ओभरमा बलिङ गर्न आएका तीब्र गतिका बलर सोमपाल कामीले ६ रन खर्चदै एक विकेट लिएका थिए । एमसीसीका जोनथान टोटलाई उपकप्तान ज्ञानेन्द्र मल्लले रनआउट गराए ।
त्यस्तै पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले जेम्स फोस्टरलाई आउट गराए ।
आफ्नो दोस्रो ओभर लिएर आएका कप्तान पारस खड्काले टीमको चौथो ओभरमा एक विकेट लिए । उनले एमसीसीका विकेट किपर पिटर मोरलाई आउट गराए ।
योसँगै नेपालले एमसीसीका तीन विकेट लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४