नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको ट्वान्टी ट्वान्टी श्रृखंला शुरु भएको छ ।
नेपालले पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । यो खेल ६-६ ओभरको हुने छ ।
वर्षाका कारण पहिलो खेल लर्डसमा प्रभावित भएपछि पहिलो र दोस्रो खेल ६-६ ओभरमा छोट्याएको थियो । वर्षाले खेलहरु समयमै सुरु हुन नसक्दा एमसीसीले खेल तालिकामा हेरफेर गरेको थियो ।
नेपालका लागि पारस खड्काको कप्तानीमा दिपेन्द्र सिंह ऐरी, ललित भण्डारी, ललित राजवंशी, शक्ती गौचन, करण केसी, सोमपाल कामी, सुवास खकुरेल, सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहित कुमार, बसन्त रेग्मी, अनिल शाह, आरिफ सेख र शरद भेषवाकर मैदानमा उत्रेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४