बिहीबार, वैशाख १३, २०८१

हप्ताको शुरुवातमा नेप्से बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- हप्ताको शुरुवातसँगै नेप्स बजार बढेको छ ।  

आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक झिनो ३.६२ अंकले बढेको छ । झिनो अंकले बढ्दा परिसूचक एक हजार १९४.८२ बिन्दुमा पुगेको छ । विभिन्न कम्पनीहरुले वोनस बाड्न शुरु गरेसँगै नेप्से बजारमा सकरात्मक प्रभाव परेको हो ।

शेयार बजारमा १५३ कम्पीहरुको २ हजार ९८५ शेयर ७  लाख ८१ हजार ४८४ पटक खरिद बिक्री भएको  छ । उक्त खरिदबिक्रीबाट पुग्दा कारोबार १८ करोड ४९ लाख ९ हजार २७० रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै ‘क’ बर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि ०.५९ प्रतिशत बढेर २५१.५५ विन्दुमा पुगेको  छ ।

आइतबार नेप्सेमा आएका दश समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ भने अर्को पाँच वटाकै घटेको छ ।  

बैंकिङ, विकास बैंक, ननलाईफ इन्स्योरेन्स, अन्य र लाईफ इन्स्योरेन्स समूहको परिसूचक बढेको छ । 

होटेल, हाइड्रोपावर, फाइनान्स, उत्पादनमुलक र माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ । 

त्यस्तै नेप्सेमा आएका विभिन्न कम्पनीहरुमध्ये सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आईपीओभन्दा कम मूल्यमा शेयर पाएपछि  लगानीकर्ताहरु अकार्षित भएका हुन् । 

सबैभन्दा बढी सीटी एक्स्प्रेस फाइनान्स कम्पनीका लागनीकर्ताले गुमाएका छन् । प्रतिकिक्ता शेयार बराबर ९.६८ प्रतिशतले लागनी गुमाएको हो ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्