बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • व्यापारीसँगको 'सेटिङ' नमिलाउँदा काठमाडौं एसएसपीलाई हटाइँदै

व्यापारीसँगको 'सेटिङ' नमिलाउँदा काठमाडौं एसएसपीलाई हटाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेललाई हटाउने तयारी भइरहेको छ।

१ फागुन ०७४ मा परिसर प्रमुखको जिम्मेवारी पाएका पोखरेलले गुण्डागर्दी र अवैध क्रियाकलापविरुद्ध आक्रामक नीति लिएका थिए। सोही कारण उनी त्यस्ता समूहको तारो बन्दै आएका छन्।

उनी परिसर प्रमुख बनेयता काठमाडौंको शान्ति सुरक्षामा सुधार आएको छ। फागुनयता चोरीका घटना ४० प्रतिशत, अपहरण र शरीर बन्धक ५० प्रतिशत र संगठित अपराधमा ७५ प्रतिशतले कमी आएको छ। यस्तै, गुण्डागर्दी, हातहतियार र विष्फोटक प्रयोगमा ६० प्रतिशतले कमी आएको छ। अपहरण र जबरजस्ती करणीका मुद्दा शून्यमा झरेका छन्।

अवैध रूपमा नेपाली नागरिकलाई प्रवेश दिएको अभियोगमा एसएसपी पोखरेलले होटेल सोल्टीस्थित क्यासिनो महजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलगायत आठ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए।

यस्तै, सुन तस्करी र कालोबजारीमा संलग्न समूहहरूको दबाबमा एसएसपी पोखरेलको सरुवा गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ। उनी आफ्नै ब्याचका एसएसपीहरूको पनि तारो बनेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली निकटस्थ व्यापारी आङछिरिङ शेर्पाको सहयोगमा एसएसपी हरि पालले पोखरेललाई हटाएर परिसर प्रमुख बन्न 'लबिङ' गरिरहेका छन्। एसएसपी पाल हाल धरानस्थित संघीय प्रहरी एकाइ कार्यालयका प्रमुख छन्।

यस्तै, बुटवलस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रका एसएसपी उत्तम सुवेदी पनि काठमाडौं परिसरमा सरुवा मिलाउने 'लबिङ'मा छन्। उनले गृह मन्त्रालयमार्फत् प्रयास गरिरहेको स्रोत बताउँछ। काठमाडौंका एसएसपी परिवर्तनमा गृह मन्त्रालयकै चासो बढी देखिएको स्रोतको भनाइ छ।

गृह मन्त्रालयले गठन गरेको साढे ३३ किलो सुन तस्करी प्रकरण छानविनका लागि गठित समितिमा सदस्य रहेका एसएसपी वसन्तकुमार लामा पनि परिसरमा जाने दौडधुपमा रहेको स्रोतको भनाइ छ। स्रोतका अनुसार समितिको कार्यावधि सकिएकाले लामो समय प्रहरी प्रधान कार्यालयका विभिन्न जिम्मेवारीमा रहेका उनी 'कमान्ड'मा जाने प्रयासमा छन्।

सम्झौता नगर्ने स्वभावका कारण एसएसपी पोखरेललाई परिसरबाट हटाउन अर्का एक एयरलाइन्स सञ्चालक पनि लागिपरेको स्रोतको भनाइ छ।

काठमाडौं परिसरको एसएसपी आकर्षक र शक्तिशाली 'पोस्टिङ' मानिन्छ। यसमा राजनीतिक स्वार्थ र व्यापारिक चलखेल जोडिएको हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।