भैरहवा- ३६ लाख रुपैयाँ घुसको रकम सहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनियर सुरेश ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
आयोगको टोलीले शनिबार भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरले निर्माण व्यवसायीसंग लिएको उक्त घुस बापतको रकम आफ्नी श्रीमति मार्फत स्थायी घर विरगन्ज तर्फ पठाउदैं थिए ।
श्रीमानले घुसवापत बुझेको रकमको थैलो समाएर जादैं गरेको अवस्थामा श्रीमान श्रीमति पक्राउ परेको अख्तियारका एसपी दिनेश आचर्यले जनाए ।
यसैगरी शनिबार नै गुल्मीमा सव ईन्जिनियर एक लाख घुससहित पक्राउ परेका छन् । उनी पनि निर्माण व्यवसायीसंग एक लाख घुस रकम लिएकाले पक्राउ परेका हुन् । तम्घास-सिमलटारी-प्युठान सडक आयोजनाका सब ईन्जिनियर प्रकाश झालाई अख्तियारको टोलीले सदरमुकाम तम्घासवाट पक्राउ गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४