मंगलबार, वैशाख ११, २०८१

आन्दोलनमा जान सरकारले नै वाध्य बनायो : देउवा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आन्दोलनमा जान प्रतिपक्षलाई वाध्य बनाएको आरोप लगाएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार गैंडाकोटमा सम्बोधन गर्दै देउवाले भने, 'आन्दोलन हाम्रो रहर थिएन। सरकारले नै हामीलाई वाध्य बनायो। आन्दोलनको निम्ता सरकाले आफै दियो।' 

सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै देउवाले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरे। कांग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको देउवाको भनार्इ थियो । 

'अब फरक राजनीतिक विचारसँग लड्ने समय आएकोछ । पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गर्दछु,' देउवाले भने, 'पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन । यो रोग निधान गर्न म प्रतिबद्ध छु ।' 

नेपाली कांग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै देउवाले नेपाली कांग्रेसको आन्दोलन गर्ने रहर नभर्इ सरकारले जबरर्जस्ती सिर्जना गरेको बाध्यता भएको बताए । 

डा गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको भन्दै देउवाले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताए । 

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । कम्युनिष्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै नेता पौडेलले कांग्रेसलाई नै बलियो बनाउनुपर्ने बताए । 

सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै उनले यो संविधान प्रतिकुल रहेको दाबी गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नीति तथा प्रशिक्षण विभागलाई चुस्त दुरुस्त बनाएर संघीयता अनुसारका सांगठनिक संरचना बनाइने बताए ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पहिलो पार्टी बन्ने भन्दै यसका लागि सबैले आ-आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।