शुक्रबार, वैशाख १४, २०८१

 आजका अखबारले के लेखे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- लामो समयदेखि निरन्तर रुपमा डा गोविन्द केसीको माग, अनशन तथा सरकारका अभिव्यक्ति र व्यवहारले भरिएका पत्रपत्रिकाका पानाहरु आज शनिबार भने अलि फरक विषयवस्तुले भरिएका छन्।

बिहिबार राति डा केसीले अनशन तोडेसँगै उनका माग कार्यान्वयनतर्फ गएकोले अन्य विषयवस्तुले स्थान पाउन थालेका छन्। आजका पत्रपत्रिकाहरुले डा केसीको अनशनका उपलब्धिहरु, मुलुकमा २०७२ को महाभूकम्पले थलिएका संरचना तथा पुस्तकालयको अवस्थालार्इ पत्रपत्रिकाहरुले पहिलो पृष्ठको मुख्य समाचार बनाएको छन्। 

शनिबारको कान्तिपुर दैनिकको पहिलो पृष्ठको मुख्य समाचारमा 'मेडिकल कलेज प्रदेशपिच्छे' शिर्षकमा समाचार छ। प्रदेश १ र ३ बाहेक कुनै पनि प्रदेशमा चिकित्सा शिक्षा पुग्न सकेको छैन। 

कान्तिपुरमा लेखिएको छ, सरकार र डा. गोविन्द केसीबीच बिहीबार भएको सहमतिले राजधानीबाहिर स्वास्थ्य शिक्षाको पहुँचलाई निश्चित गरेको छ। सहमतिपत्रको पहिलो बुँदाको २२ औं नम्बरमा भनिएको छ, ‘कुनै पनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा सरकारले यो ऐन प्रारम्भ भएको ५ वर्षभित्र कम्तीमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्नेछ ।’

विधेयकमा गरिएको संशोधन इमानदारपूर्वक संसद्मा पास भए प्रदेशैपिच्छे सरकारी मेडिकल कलेज हुनेछन्। हालसम्म प्रदेश १, २ र ७ मा कुनै सरकारी मेडिकल कलेज वा प्रतिष्ठान छैनन् । प्रदेश २ मा मेडिकल कलेज स्थापना गर्न महोत्तरीको बर्दिबासमा जग्गा पहिचान भइसकेको सम्झौतमा उल्लेख छ । ‘जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ,’ सहमतिपत्रको बुँदा ७ मा भनिएको छ, ‘आवश्यक विधेयक तर्जुमा गर्न कानुन र अर्थ मन्त्रालयसँग सहमतिका लागि पठाइसकिएको छ ।’

त्यसैगरी अन्नपूर्ण पोष्टले भूकम्पपछि थलिएका राजधानी काठमाडौंलगायतका मुख्य शहरका पुस्तकालयको अवस्थालार्इ चित्रित गर्दै 'बेहाल पुस्तकालय' शिर्षकमा समाचार छापेको छ। 

भूकम्पपछि राष्ट्रिय पुस्तकालयका धेरै पुस्तक व्यवस्थापनका लागि महेन्द्र भवन, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा राखिएको छ। तीन सय वर्ष पुराना दस्तावेज तथा पुस्तकहरू प्रयोगमा आउन नसकेका समाचार अन्नपूर्ण पोष्टमा छ। 

राजधानीकै कान्तिपथस्थित केशर पुस्तकालयको अवस्था पनि राष्ट्रिय पुस्तकालयभन्दा खासै फरक छैन। यहाँ पनि साँघुरो ठाउँमा पुस्तकालय चलाउनु परेको छ। भूकम्पपछि बोरामा थन्क्याइएका पुस्तक अहिले र्‍याकमा मिलाउने क्रम जारी छ। करिडोरमा कुर्सी राखेर पाठकलाई बस्ने बन्दोबस्त गरिएको छ। दैनिक ५० देखि २ सयसम्म पाठक पुस्तकालय आउने गरेको पुस्तकालयका कर्मचारी बताउँछन्।

भूकम्पले थलिएका पुस्तकालयहरूले अझै पनि अध्ययनका लागि सुविधायुक्त वातावरण तयार पार्न सकेका छैनन्। सानो ठाउँमा पुस्तकालयलाई व्यवस्थापन गरिएको छ। भूकम्पले खासै प्रभाव नपरेका पुस्तकालयहरू नियमित सुविधा दिइरहेका छन्। पुस्तकालय जाने पाठकको संख्या पनि बढिरहेको बताउँछन् लाइब्रेरियनहरू। काठमाडौं सार्वजनिक पुस्तकालयका प्रमुख गोविन्दराज दाहाल भन्छन्, ‘पाठकहरू आउने क्रम पहिलेभन्दा बढेको छ। राम्रो सेवा सुविधा दिने हो भने पुस्तकालयमा पाठकको खाँचो हुँदैन।’अभावले गाँजेका पुस्तकालय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।