शनिबार, वैशाख ८, २०८१

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कञ्चनपुरमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ। भीमदत्त नगरपालिका-२ खोल्टी बस्ने १३ वर्षीया निर्मला पन्त मृत अवस्थामा फेला परेकी हुन्। 

प्रहरीका अनुसार पन्तको शव शुक्रबार बिहान भीमदत्त नगरपालिका-१८ पत्थपुरको उखुबारी भित्र फेला परेको हो। कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले उखुबारी भित्र नालामा शव आधा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका छन्। 
 
शवको प्रकृति हेर्दा उनलाई बलात्कारपछि हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ। बालिकाको पेन्टी र सुलवार एउटा खुट्टाबाट पुरै निकालेको अवस्थामा भेटिएको सेटीले जानकारी दिए। आफन्तले बिहीबार राती निर्मला हराएको खबर प्रहरीलाई गरेपछि प्रहरीले उनको खोजी कार्य थालेको थियो।
 
सडकको छेउमा उनले चलाउने साईकल तथा किताव भेटिएपछि शंका लागेर आसपासमा खोजतलास गर्दा प्रहरीले शव उखुबारीमा भेटेको जानकारी दिएको छ। उनी बिहीबार दिउँसो किताब बोकेर पढ्नको लागि बजारमा साथीको घरमा आएको र त्यहाँबाट २ बजे घर जान्छु भनेर निस्केको बुझिएको छ। उनी स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत रहेको बुझिएको छ। 

घट्नास्थलका स्थानीयहरुले प्रहरी चौकीको माग गर्दै निर्मलाको शव लग्न नदिएर साढे २ बजे सम्म रोकेका थिए। शव अहिले पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा छ। प्रहरीले घट्नाबारे अनुसन्धान भइरहेको जनाएको छ।
 
कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको प्रमीले नै हत्या गरेको घट्ना सेलाउन नपाउँदै पुनः सोहि प्रकृतिको घट्ना घटेको छ। एक महिना पहिले कैलालीमा माया बिकको बलात्कार पछि हत्या भएको घट्ना पनि सेलाएको छैन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।