शनिबार, वैशाख ८, २०८१

चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रतिनिधिसभाको बैठकमा 'राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५' दोस्रो पटक प्रस्तुत भएको छ। प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गरेका हुन्। 

अघिल्लो संसदमा पेश भएको विधेयक निष्क्रिय भएपछि सरकारले फेरि दोस्रो पटक विधेयक संसदमा पेश गरेको हो। 

शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा. गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन। प्रमुख प्रतिपक्ष कांग्रेसले पनि केसी उठाएको विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएका थिए। सरकार र केसीबीच बिहीबार सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो। 

विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर रहेको बताए। उनले विधेयकमा आयोगलाई विश्वास गरिएको र स्वास्थ्य क्षेत्रका समाधान त्यसै आयोगका माध्यमबाट समाधान हुने धारणा व्यक्त गरे। 

मन्त्री पोखरेलले विधेयक मुलुकका लागि आवश्यक भएर नै ल्याइएको बताउँदै सहमतिमा छलफल गरी अघि बढाउनका लागि सहयोग गर्न सांसदलाई आग्रह गरेका हुन्। 

पहिलो विधेयकमाथि विरोधको सूचना हालेका सांसदद्वय काँग्रेसका गगन थापा र संघीय समाजवादीका फोरम नेपालकी सरिता गिरीले आ-आफ्नो विरोधको सूचना फिर्ता लिएका छन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको विरोधको सूचना भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।