बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा अंशबण्डाका ७२६ उजुरी, सम्बन्ध विच्छेदका ५१४

रुपन्देहीमा अंशबण्डाका ७२६ उजुरी, सम्बन्ध विच्छेदका ५१४

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- रुपन्देही जिल्लामा अंश मुद्धा धेरै देखिएका छन्। जिल्ला अदालत रुपन्देहीले सार्वजनिक गरेको तथ्यांकमा अंश मुद्धा ७२६ देखिएका हुन्।

यसैगरी सम्बन्ध विच्छेदको मुद्धा ५१४, लेनदेनको ३२०, लागु औषध ३१९, जग्गा सम्बन्धी २४७, जालसाझी १६४, सवारी ज्यान १२१, चोरी ९१, जबरजस्ती करणी ४५ वटा मुद्धा अदालतमा दर्ता भएका छन्।

जिल्ला न्याय क्षेत्र समन्वय समिती र सन्चारकर्मि बीच भएको छलफल कार्यक्रममा जिल्लाका मुख्य न्याधिश नरीश्वर भण्डारीले पारीवारी बेमेल, एकल परिवारको अवधारणा बढ्दै जानु र मुख्यतया चेतनाको वृद्धिकै कारण अंश मुद्धा बढी भएको बताए।

न्याधिस भण्डारीले पहिले भन्दा अहिले अदालतमा सर्वसाधरणको पहुंच बढेको बताए। उनले भने मुद्धाको दर विगतका वर्षमा भन्दा धेरै छन् यसले के जनाउछ भने अपराध बढेको नभई अदालतमा सर्वसाधरणको पहुंच बढेको हो।

अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१।०७२ मा ३ हजार ६ सय २१ वटा मुद्धा दर्ता भएका छन् । यसैगरी ०७२।०७३ मा ४ हजार मुद्धा, ०७३-०७४ मा ४ हजार ३ सय ३० र आर्थिक वर्ष ०७४।०७५ मा ५ हजार ५१ मुद्धा दर्ता भएका छन्।

जिल्लाका श्रेस्तेदार सन्जिव पोखरेलका अनुसार अदालतमा ७ जना न्याधिसले सकेसम्म धेरैभन्दा धेरै मुद्धाको फैसला गरिरहेको बताए।

रुपन्देहीमा फैसला कार्यन्वयनको अवस्था सन्तोषजनक नभएको, सर्वसाधरणको मुद्धामा वकिलहरुले पेशी सार्ने बहानामा तथा अन्य बहानामा धेरै भन्दा धेरै फी लिने गरेको  भन्दै सन्चारकर्मिले उठाएको जिज्ञासामा न्याधिसले वकिलहरुलाई बार काउन्सीले नियमन गर्ने बताए। 

सो अवसरमा जिल्ला बारका अध्यक्ष मोहन देउजा र उच्च अदालत बारका अध्यक्ष खडानन्द भण्डारी, नागरिक समाजका जर्नादन नेपाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले बोल्दै पत्रकार, बेन्च र बारबीच सकारात्मक कामकोलागी सम्बन्ध प्रगाढ भएमा आम नेपालीको लागी फलदायी हुने बताएका थिए।

 

 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।