बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीले २ घण्टा कुराए तर समय दिएनन्, 'माग पुरा गर्ने के आश गर्नु?'

मन्त्रीले २ घण्टा कुराए तर समय दिएनन्, 'माग पुरा गर्ने के आश गर्नु?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- आफ्ना हकहितबारे विभिन्न मागहरु राख्दै प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका अपाङ्गहरु निरास भएर फर्किएका छन्। 

मन्त्री प्रकाश शाहलाई ज्ञापन पत्र बुझाउन गएको प्रदेशस्तरिय अपाङ्ग महासंघको टोली दुई घण्टा कुरेर पनि ज्ञापन पत्र नबुझाएरै फर्किएको छ। महासंघका प्रदेश अध्यक्ष भिम बहादुर शाहले मन्त्रीलाई दिउँसो २ बजेको समय माग गरी मन्त्रालय पुगेको टोली ४ बजे सम्म कुर्दा पनि मन्त्रीले समय नदिएपछि फर्किएको बताए।

‘मन्त्रालयको गोलघरमा २ घण्टा भन्दा बढी कुर्‍यौ तर मन्त्रीले वास्ता नै गर्नु भएन’ अध्यक्ष शाहले भने, ‘मन्त्रीको स्वकिय सचिवलाई पटक-पटक फोन गर्दा केहीबेरमा तल झर्नुहुन्छ मन्त्रीज्यु भन्दै २ घण्टा भन्दा बढी कुराए तर त्यो केहिबेर आएन र हामी फर्कियौ।’

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नंम्बर ७ को पूर्व घोषित कार्यक्रम अनुसार बिहीबार प्रदेश ७ का विभिन्न मन्त्रालयहरुमा आफ्ना माग सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अपाङ्गमैत्री नभएकाले तीन तलामाथि रहेको मन्त्रीको कार्यकक्षमा आफुहरु जान नसकेको शाहले बताए। शाहले भने,‘ठिक २ बजे हामीलाई बाहिर बसेको देखेर त्यही बाटो भएर केहि बेरमा आउँछु भन्दै मन्त्री भित्र पसे तर पछि फर्केनन्।’

‘२ घण्टा कुरेर फेरि ४ बजे मन्त्रीको स्वकीय सचिवलाई फोन गर्दा केही बेरमा खबर गर्छु भने’ नन्दराज भट्टले भने,‘ पछि साथीहरु मन्त्रीले वेवास्ता गरेकाले फर्किहाल्यौँ तर मन्त्री आएनन्।’ महासंघका सचिव उपेन्द्र खडायतले मन्त्री शाहले आफूहरुलाई दुई मिनेट समय पनि नदिएर अपाङ्गको अपमान गरेको बताए । 
‘ज्ञापनपत्र बुझाउन जाँदा त वास्ता गर्नु भएन, हाम्रा माग पुरा गर्ने त के आसा गर्नु ।’ 

मन्त्रीका स्वकिय सचिव भरत शाहले भने मन्त्रीलाई भेट्न सोही समयमा अन्य धेरै टोली मन्त्रीकै कार्यकक्षमा पुगेकाले ढिलाई भएको बताए। बिहीबार नै टोलीले सामाजिक विकास मन्त्री दीर्घ सोडारी, भौतिक पुर्वाधार मन्त्री पठानसिंह बोहरा तथा आर्थिक मामिला मन्त्री झपट बोहरालाई भने त्रापन पत्र बुझाएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।