काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको क्रममा थप दुई शाखा कार्यालयहरु खोलेको छ। आइएमईले चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा दुर्इ शाखा बुधबार उद्घाटन गरिएको हो।
टांडी शाखा उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्।
कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गरेको बताइएको छ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए।
उनको अनुसार कम्पनीले १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्ने र तत्पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख पुर्याइने छ।
उनले चालु आवमा थप १२ शाखाहरु खोली आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४