मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • तनहुँ जलविद्युत निर्माणको जिम्मा इटालियन र चिनियाँ कम्पनीलार्इ

तनहुँ जलविद्युत निर्माणको जिम्मा इटालियन र चिनियाँ कम्पनीलार्इ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्यको जिम्मा इटालियन र चिनियाँ कम्पनीलार्इ दिइएको छ।

आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वर्कस) निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको हो। कम्पनीसँग वीस अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) मा खरिद सम्झौता हुने जनाइएको छ। 

त्यस्तै आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम (पावरहाउस, वाटरवे एण्ड रिलेटेड इक्वीपमेन्ट) गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोटमा परेको छ। कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर अर्थात तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि करसहित बाहेक)मा खरिद सम्झौता हुनेछ।
 
तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा  बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत पर्फमेन्स ग्यारेन्टीसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ। दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका बताएको छ।
 
पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउनु पर्ने कम्पनीका प्रवन्ध-सञ्चालक प्रदिपकुमार थिकेले बताए। ‘खरिद सम्झौता भएको दुई महिनापछि काम शुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’उनले भने।
  
कम्पनीले ०७३ माघ १९ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनौट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव पेश गर्न आहन गरेको थियो। पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए।
 
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आव्हान गरेको थियो।
 
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भइसकेको छ। कम्पनीको अनुसार आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ। 

यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
 
यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र उक्त कम्पनी तनहुँ हाइड्रोपावरबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्