शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • सरकारको विरोध र अपव्याख्या गर्ने होडबाजी चलेको छ: युवासंघ अध्यक्ष

सरकारको विरोध र अपव्याख्या गर्ने होडबाजी चलेको छ: युवासंघ अध्यक्ष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
तत्कालीन एमालेको भातृ संगठन युवासंघ नेपालका अध्यक्ष हुन्, रमेश पौडेल । ३ जेठमा माओवादी केन्द्रसँग एकीकरणपछि दुवै दलका भातृ संगठनहरू युवा संघ र वाईसीएल पनि एकीकृत हुने क्रममा छन् । दुई संगठनको एकता र सरकारका काम–कारवाहीलाई लिएर सडकमा भइरहेको विरोधबारे पौडेलसँग नेपाल समयले गरेको कुराकानी :

युवा संघ र वाईसीएल आपसमा भिड्थे । अब मिल्न लाग्दा कत्तिको कठिन छ ?

कठिन छैन, हामी निश्चित विचार, दर्शन र कार्यक्रमका आधारमा बनेका राजनीतिक संगठन हौं । पार्टीले दिएको कार्यदिशा र निर्देशन नै हाम्रो विधि हो । पार्टीको नीतिअनुसार नै हामी सञ्चालित भएका हौं। पार्टीले मिल्नुपर्छ भन्दा हामीलाई कुनै आपत्ती छैन ।

दुई संगठनमा एकता प्रक्रिया कहाँ पुग्यो?

हामीले विधानको मस्यौदा लगभग तयार गरिसकेका छौं। मस्यौदा  उपसमितिले कार्यदललाई विधानको मस्यौदा  बुझाइसकेको छ ।

कार्यदलमा चार जना छौं, मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा दीपशिखा । दुई अध्यक्ष र दुई इन्चार्जको कार्यदलले विधान मस्यौदा तयार गरेको हो ।  नाम के रहने, संख्या कति हुने र स्थापना कहिलेलाई मान्ने, २००८ कि २०४७, झण्डा कुन रहने भन्ने विषय टुंग्याउन बाँकी छ । धेरै विषयमा सहमति भइसकेको छ ।

एकीकरण कहिलेसम्म होला?

एकीकरण साउनभित्र लगभग गरिसक्ने तयारीमा छौं । 

आफ्नो पार्टी सरकारमा रहेकाले सडकमा आउनु परेको छैन । एजेन्डा के छन् त अहिले?

हामीले अधिकारको आन्दोलनलाई संविधान निर्माणसँगै संस्थागत गरेका छौं। संविधानले हाम्रा अधिकारका मुद्दा स्थापित ग¥यो । अब अधिकार रक्षाका लागि जिन्दावाद, मुर्दावाद भन्नुपर्ने अवस्था छैन । तर, देश र जनतालाई समृद्ध बनाउने नारालाई अभियानका रूपमा अगाडि बढाएका छांै । अब  युवाको समग्र मुद्दामा युवा संघ क्रियाशील रहनेछ ।

सरकारको चौतर्फी आलोचना भइरहेको छ, युवासंघ भने मौन देखिन्छ  नि?

केही मान्छे विपक्षी देख्नेबित्तिकै आलोचना गर्नुपर्छ भन्ने मानसिकताबाट अगाडि बढेको पाइन्छ । कांग्रेस देख्दा आलोचना, कम्युनिस्ट देख्दा आलोचना । त्यो अर्को पार्टीको हो, त्यसैले आलोचना गर्नुपर्ने । त्यस्तो बनिबनाऊ मानसिकता बेला–बेलामा परिचालित हुन्छ । 

सरकार बनेको चार महिना भयो । बजेट आएको छ, कार्र्यान्वयनका क्रममा छ । यो कुनै जादुको छडी त होइन । हरेक कुराको समय सीमा हुन्छ । प्रधानमन्त्रीले समृद्धिको मिसनलाई अगाडि बढाउनुभएको छ । प्रधानमन्त्रीले मुलुकलाई समृद्ध बनाउने जुन सपना लिनुभएको छ, त्यसलाई आम नेपालीले साथ दिन जरुरी छ ।

देशलाई सधैं गरिबीमा राख्नु र रहन दिनु हुँदैन । प्राकृतिक रूपमा हामी सम्पन्न छौं । नेपाल जलविद्युत्बाट मात्र पनि समृद्धि हासिल गर्न सक्छ । प्राकृतिक विविधता भएको हाम्रो मुलुकले पर्यटनबाट समेत प्रगति गर्न सक्छ । कृषिबाट नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्छ। अब पनि हामी गरिबीमा रहन सक्दैनौं । त्यसैले सरकार समृद्धिको मिसनमा लागेको छ । 

कतिपयले यो मिसन पूरा भए कम्युनिस्ट सरकार सफल हुन्छ, लामो समय कम्युनिस्टको शासन रहन्छ भन्ने भयले कम्युनिस्ट फोबिया फैलाइरहेका छन् । कम्युनिस्ट गठबन्धनले बहुमत पाएदेखि केही समूह नै त्यसविरुद्ध लागेका छन् ।

कुनै विकास योजनाको विरोध गरिहाल्ने र अपव्याख्या गर्ने होडबाजी पछिल्लो समय मौलाएको छ । सरकार सफल भए आफूले खाईपाई आएको खोसिन्छ भन्ने भयले यस्तो गरिएको हो भन्ने लाग्छ । यो समस्यालाई सरकारले चिर्नुपर्छ ।

सरकारप्रति असन्तुष्टी बढेको देखिन्छ । डा. गोविन्द केसीको अनशनमा युवासंघको धारणा के हो?

यो आन्दोलनमा केही मात्र वास्तविक डाक्टर छन् । तर, आन्दोलनमा नक्कली डाक्टरको समेत सहभागिता छ । प्रधानमन्त्री स्वयंले डाक्टर केसीलाई समस्या समाधानका लागि चिकित्सा आयोगको अध्यक्ष बन्न आग्रह गर्नुभएको छ । मुलुक समृद्ध बनाउन प्रधानमन्त्रीले डा. केसीलाई यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई कुनै लोभलालच छैन, उहाँको एउटै मिसन छ, मुलुक बनाउने । तर, केही समूह यो सरकारलाई असफल बनाउन लागिपरेका छन् ।

युरोपियन युनियनको पैसा खाएर एक जना मान्छे अहिले लोकतन्त्रको पाठ पढाउँदै हिँडेका छन् । जिन्दगीभर लोकतन्त्रका लागि लडेका व्यक्तिलाई जागिर खाएर, पैसा कमाएर लोकतन्त्रको पाठ सिकाउँदै हिँड्न सुहाउँदैन । गगन थापा र सुशीला कार्कीले कांग्रेसको पक्षमा प्रयोग भएर गरेका तर्कको कुनै अर्थ छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...