शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुर्गा प्रसाईंले बंगलादेशको बदनामी गर्नुको यो हो कारण

दुर्गा प्रसाईंले बंगलादेशको बदनामी गर्नुको यो हो कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालबाट बंगलादेशमा मात्र होइन, अन्य मुलुकमा पनि छात्रछात्रा एमबीबीएस अध्ययनका लागि जाने गर्छन् । तर, झापा बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशकै नाम लिनुको भित्री कारण खुलासा भएको छ । 

उनले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूलाई त्यहाँका चिकित्सकले यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाउँदै तुच्छ अभिव्यक्ति दिएका थिए । खासमा, बंगलादेशको नेपालस्थित अवैतनिक महावाणिज्यदूत बन्न नपाएको झोंकमा नेपाली चेलीको अस्मिता र बंगलादेशसँग नेपालको कूटनीतिक मर्यादाविपरित अभिव्यक्ति दिएको तथ्य फेला परेको हो।

केही दिनअघि पत्रकार सम्मेलन गर्दै प्रसाईंले भनेका थिए, 'बंगलादेश पढ्न जाने केटाहरू पाँच वर्षमा आउँछन्, केटीहरू नौ वर्षमा पनि किन आउँदैनन् ? त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेको छ, ती केटीहरूलाई ।'

अक्टोबर २०१७ मा प्रसाईंले काठमाडौंस्थित बंगलादेशी दूतावासमार्फत् आफ्नो व्यक्तिगत विवरणसहित नेपालको अवैतनिक महावाणिज्यदूत बन्न निवेदन दिएका थिए।

त्यसका लागि एउटा अन्तर्राष्ट्रिय सामाजिक संस्थाको सिफारिससमेत उनले निवेदनमा संलग्न गरेका थिए । अवैतनिक महावाणिज्यदूत बन्ने आशा गरेर बसेका प्रसाईंको निवेदन बंगलादेश सरकारले अस्वीकार गरेको थियो । 

धेरै भनसुन गर्दासमेत आफ्नो प्रस्ताव स्वीकृत नभएपछि झापा स्थायी घर भएका प्रसाईं बंगलादेशसँगको नेपालको कूटनीतिक र व्यापारिक सम्बन्ध नै बिगार्न लागिपरेको उनलाई नजिकबाट बुझेका स्रोतहरू बताउँछन् । 

प्रसाईंको शैक्षिक योग्यता आठ कक्षा उत्तीर्ण मात्र भएको, बंगलादेशसँगको वाणिज्य र व्यापारमा संलग्न भएको नपाइएको तथा विवादित छविका कारण निवेदन अस्वीकृत भएको थियो।

प्रसाईंको वैयक्तिक विवरण र कागजात अध्ययनपछि नेपालस्थित बंगलादेशी राजदूत श्रीमती मासफी बिन्ते सामले ढाकास्थित विदेश मन्त्रालयलाई आफ्नो स्वीकृतिसहित सिफारिस गरेकी थिइनन्। उनका सम्बन्धमा निर्णय गर्ने अधिकार राजदूत सामले विदेश मन्त्रालयकै जिम्मामा छाडेकी थिइन्। 

बीएन्डसी मेडिकल कलेजमार्फत् बंगलादेशका मेडिकल कलेजमा विद्यार्थी आदानप्रदान गरी विचौलियाको काम गर्ने योजना बुनेका प्रसाईंको तीन महिनाअघि प्रस्ताव रद्द भएपछि उनी प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म पनि पुगेका थिए। 

प्रधानमन्त्री ओलीमार्फत् परराष्ट्रमन्त्रीसम्म पुगेका प्रसाईंले आफ्नै कलेजका व्यावसायिक साझेदार डा. रामबाबु गिरीको नाम महावाणिज्य दूतावासमा पेश गरेका थिए। आफूपछि आफ्ना व्यावसायिक साझेदार डा. गिरीको पनि नाम अवैतनिक महावाणिज्यदूतमा अस्वीकृत भएपछि प्रसाईं प्रतिशोधमा उत्रिएको स्रोत बताउँछ।

नेपाल र बंगलादेशबीच झापाको काँकडभिट्टा नाकाबाट विगत दुई दशकदेखि स्थलगत व्यापार आदानप्रदान हुँदै आएको छ। बंगलादेशसम्म नेपालबाट मसुरो र अन्य दलहन निकासी गर्दै आएका व्यापारी र व्यवसायीहरूलाई अवैतनिक महावाणिज्यदूत हुने भन्दै भोज दिन भ्याएका थिए, प्रसाईंले । निवेदन अस्वीकृत भएपछि आफ्नो प्रतिष्ठामा आघात परेको बताउँदै बंगलादेशमा अध्ययनरत छात्राको अस्मितामाथि नै धावा बोलेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।