काठमाडौं- सरकारले एकैदिन ३२ जनाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहसचिवहरूको सरुवा गरेको छ।
गृह मन्त्रालयले बुधबार बेलुका सिडिओ र सहसचिवहरुको सरुवा गरेको हो। त्यस्तै गृह मन्त्रालय अन्तर्गतका शाखा र विभाग प्रमुखहरूको पनि सरुवा र जिम्मेवारी हेरफेर भएको छ।
मन्त्रालयले साढे ३८ सय किलो सुन तस्करीको छानबिन गर्न गठित विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागमा पठाएको छ।
यस्तै काठमाडौंका सीडीओ केदारनाथ शर्माको पनि सरुवा भएको छ। शर्मालाई गृह मन्त्रालय सरुवा गरिएको छ। काठमाडौंमा रामप्रसाद आचार्य नयाँ सीडीओको रूपमा आएका छन्।
त्यस्तै ललितपुरमा प्रेमराज जोशी, कास्कीमा चक्रबहादुर बुढा, कपिलवस्तुमा अर्जुन पोखरेल, मोरङमा रमेश केसी, बाँकेमा मदन भुजेल, सिन्धुपाल्चोकमा कृष्ण प्रसाद अधिकारीको सरुवा भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४