बुधबार, वैशाख १२, २०८१

वायु सेवा निगमको ‘मकालु’ बिहीबार आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको दोस्रो वाइड बडी विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ। 

एयरबस ३३०-२०० विमानलाई ‘मकालु’ नाम दिइएको छ। निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार बिहीबार बिहान साढे आठ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तय भएको छ। 

फ्रान्सको टुलुज शहरबाट ‘फेरी फ्लाइट’ (सीधा उडान)मा उक्त विमानलाई काठमाडौं ल्याउन लागिएको हो। श्रेष्ठका अनुसार उक्त विमानको फ्रान्समै परीक्षण उडान गरिसकिएको छ। 

नयाँ विमानलाई ‘९एन–एएलजेड’ कलसाइन दिइएको छ। उक्त वाइड बडी विमान ल्याउन निगमको एक टोली गत शुक्रबार फ्रान्स गएको थियो। 

‘अन्नपूर्ण’ नाम दिइएको निगमको पहिलो वाइड बडी विमान गत २४ असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। ‘९एन–एएलवाई’ कलसाइनको उक्त वाइड बडी टुलुज शहरबाटै नौ घण्टाको सीधा उडानपछि काठमाडौं उत्रिएको थियो। 

सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२÷१२ अर्बको ऋणबाट दुवै विमान खरिद गरिएको निगमले जनाएको छ। दुवै विमान अमेरिकी कम्पनी एएआरसँग खरिद गरिएको हो। 

निगमका अनुसार ७ वैशाख ०७४ मा सरकारी ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो। २८ जेठ ०७४ मा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको थियो। 

दुवै विमानको सिट क्षमता समान अर्थात् दुई सय ७४ छ। दुवैमा १८ वटा ‘सांग्रिला बिजनेस क्लास’ र दुई सय ५६ वटा साधारण क्लासका सिट छन्। 

पहिलो वाइड बडी विमानले १६ साउनदेखि व्यावसायिक उडान शुरु गर्दैछ। दोस्रो वाइड बडीले सबै प्रक्रिया पूरा गरेर छिट्टै व्यावसायिक उडान थाल्ने निगमले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्